‘सिँचाइ व्यवस्था गरी कृषि उत्पादन बढाउने प्राथमिकता’
सप्तरी कञ्चनरूप नगरपालिका–८ का खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । एक साधारण परिवारबाट प्रतिनिधि सभा सद
‘सार्वजनिक सेवा प्रवाहमा सुधार आवश्यक’
ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ (साबिक फाकुम्बा–३, नुम्लोक) मा जन्मनुभएका रमेश प्रसाईं प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । फरक क्षमता भएका दृष्टिविहीन प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी
चीन जोड्ने सडक : दस वर्षमा सत्र किलोमिटर मात्रै
उत्तरी चीनको व्यापारिक नाकासँग जोडिएको मुगुको नाकच्यालाग्ना सडक १० वर्षमा १७ किलोमिटर मात्रै निर्माण भएको छ । निर्माणका लागि सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगरिदिँदा ट्र्याक खोल्न ढिलाइ भएको हो ।
एक वर्षदेखि टहरामा विद्यार्थी
हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–६ को पाल्स गाउँको कैशालपुरी माध्यमिक विद्यालयका विद्यार्थी एक वर्षदेखि टहरामा अध्ययन गर्दै आएका छन् । विद्यालयको पुरानो जीर्ण भवन भत्काएपछि कामचलाउ रूपमा निर्माण गरिएका जस्तापाताले बारेर बनाइएका टहरामा विद्यार्थी अध्ययन गरिरहेका हुन् । विद्यालयको पुरानो भवन एक वर्षअगाडि भत्काइएपछि सोही स्थानमा जस्तापाताले बनाइएका टहरामा विद्यार्थी अध्ययन गर्न बाध्य भएको अभिभा
मदन भण्डारी राजमार्गले घटायो दुरी
पूर्वी सुर्खेतमा मदन भण्डारी राजमार्गको स्तरोन्नति भएपछि सुर्खेतवासीका लागि दाङ, तुलसीपुर, रुकुमका साथै काठमाडौँ जाने दुरी छोटिएको छ । विगतमा दाङ, तुलसीपुर र काठमाडौँ जान बाँकेको कोहलपुर हुँदै जानुपर्ने अवस्था रहेकामा अहिले सुर्खेत वीरेन्द्रनगरबाट सिधै ती स्थानमा जान सहज भएको हो ।
देखियो दुर्लभ राजगोमन
कैलालीको बड्का बनुवाँ (वसन्ता कोरडिोर) मा दुर्लभ राजगोमन (किङ कोब्रा) देखा परेको छ । कैलारी गाउँपालिका र भजनी नगरपालिकाको सिमाना क्षेत्रमा एक जोडी राजगोमन सर्प देखिएको हो । विपतपुर र हिम्मतपुर गाउँको बिच क्षेत्रमा पर्ने जङ्गलमा हुलाकी राजमार्गको किनारमा सोमबार दुई राजगोमन देखिएको प्रत्यक्षदर्शी रमित ओलीले जानकारी दिनुभयो । अत्यन्त विषालु राजगोमन सर्प कैलालीमा कम पाइन्छन् ।
युवाविहीन बन्दै मुक्त कमैया शिविर
कैलालीको मुक्त कमैया शिविर युवाविहीन बन्न थालेको छ । जीविकोपार्जन गर्न समस्या भएपछि मुक्त कमैया बस्तीहरूबाट युवा पलायन बढेको हो । रोजगारीको खोजीमा शिविरका युवासहित धेरैजसो पुरुष भारतर्फ पलायन भइरहेका छन् । रोजगारीको सिलसिलामा युवासहित पुरुषहरू अन्यत्र गएपछि शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै देखिन्छन् । आफ्नो ठाउँमा रोजगारीको अवसर नपाउँदा युवा कमाउनका लागि भारतलगायत यत्रतत्र गएपछि बस्ती युवाविहीन भइरहेको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका मुक्त कमैया सुकनीदेवी चौधरीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँघरतिर मजदुरीको काम नपाएपछि गुजाराका लागि भारततर्फ जानुपर्ने बाध्यता छ । त्यसैले कोही रत्नागिरि, कोही मुम्बईतिर गएर काम गर्छन् ।” मुक्त कमैयाले सरकारले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा भएको उत्पादनले वर्षभरि खान नपुग्ने बताएका छन् ।
कालोपत्रे सडकले फेरियो स्थानीयको दैनिकी
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सिम्लेखोला–हायुटार–सोलाभन्ज्याङ सडक कालोपत्रे भएसँगै स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । बागमती प्रदेश सरकारको सहयोगमा करिब १७
कर्णाली नदी कटानले बढायो चिन्ता
वैशाखको खडेरीमा पनि कर्णाली नदीको कटान जारी छ । टीकापुर नगरपालिका–५, पार्कनजिक र वडा नम्बर ७ को सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा जमिन कटान भइरहेको छ । नदी कटानबाट त्रसित नागरिकहरूले बारम्बार गुनासो गर्न थालेपछि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले मङ्गलबार तेस्रो पटक अवलोकन गर्नुभएको छ । ज्ञवालीका साथमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी र टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नगार्जी पनि कटान स्थलमा पुग्नुभएको छ ।
सीमा नदीको बहाब प्राकृतिक क्षेत्रमै फर्काउन माग
दार्चुलाको ऐतिहासिक र प्राकृतिक पहिचानसँग जोडिएको सीमा नदी महाकाली नदीकिनारमा भारतले निर्माण गरिरहेको तटबन्ध निर्माणका कारण नदीको बहाव नेपालतर्फ मोडिएको भन्दै यहाँ चिन्ता व्यक्त गरिएको छ ।
महोत्सवमा लाखेनाच
जनजाति महोत्सवमा जनजातिका हरेक गतिविधिले उत्साह छाउने गरेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् पूर्वी नवलपरासीले आयोजना गरेको तेस्रो नवलपुर महोत्सवमा विभिन्न वेशभूषाका मौलिकता झल्किएका थिए । महोत्सवमा लाखेनाच प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा शिका नेवा गुठी पहिलो, देवचुली नेवा गुठी दोस्रो र भीमदेवचुली नेवा गुठी तेस्रो भएको छ । लाखेनाच प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
चार जनालाई ‘वानीरा पुरस्कार’
वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले नेपाली भाषा साहित्यको सिर्जनामा साढे सात दशकदेखि साधनारत माधव खनाल ‘भावुक’ लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्नुभयो ।
आयोजनाको ढिलासुस्तीमा अर्थमन्त्रीको असन्तुष्टि
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभएको छ । मङ्गलबार सम्पन्न लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उहाँले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये दुई वटा मात्र निर्माणमा जानु ‘लाजमर्दो’ भएको बताउनुभयो । उहाँले विदेशी लगानी स्वीकृत भएर पनि लामो समय काम नभएको विषयमा निर्मम समीक्षा हुने उल्लेख गर्नुभयो ।
केरामा अस्वाभाविक मूल्यवृद्धि
बजारमा व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि गराएका छन् । सरकारले भारतबाट आयात हुने केरामा प्रतिबन्ध लगाएका बेला व्यापारीले अभाव देखाएर मनपरी मूल्य बढाएका हुन् ।
पूर्वबाट हराउँछ चीनको स्याउ
विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि २०८२ चैत ३० सम्ममा दुई करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार कार्यालय विराटनगरका अधिकृत विमलदेव साहका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो ।
अन्तर्राष्ट्रिय उडान बढाउँदै नेपाली वायुसेवा
चार्टरमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको श्री एयरलाइन्सले भारत र बङ्गलादेशमा नियमित उडान सञ्चालनको अनुमति पाएको छ । गत चैत अन्तिम साता भारतको कोलकातामा परीक्षण उडान गरेको श्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भारतको नयाँदिल्ली र कोलकातासँगै नेपालबाट बङ्गलादेशमा व्यावसायिक उडानको अनुमति पाएको हो ।
बेनी नगरपालिकाबाट करदाता सेवा सुरु
बेनी नगरपालिकामा पहिलो पटक करदाता सेवा सुरु भएको छ । नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबिच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर गरी सेवा प्रवाहको औपचारिक सुरुवात गरिएको हो ।
गोरखापत्रकर्मी हमाललाई ‘गोल्ड मेडल’
गोरखापत्रकी पत्रकार चाँदनी हमालले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ । आमसञ्चार तथा पत्रकारिता अन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम (टप) भएकोमा उहाँलाई पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहमा आज उक्त स्वर्ण पदक प्रदान गरिएको हो । काठमाडौँस्थित कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२२’ की छात्रा हमालले ३.५७ जिपिए अङ्कसहित ‘एमएएमसिजे’ कार्यक्रममा विश्वविद्यालय टप गर्नुभएको हो ।
योजना आयोग खारेज नहुने
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने स्पष्ट पार्नुभएको छ । यी संस्थालाई थप सुधारमार्फत सुदृढ बनाएर सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ ।
महाअभियोग दस महिनाभित्र टुङ्गो
प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्ताव पारित नहुँदै सभाको कार्यकाल सकिएमा निर्वाचनपछिको सभाले १० महिनाभित्र टुङ्गोमा पु¥याउनुपर्ने भएको छ । प्रस्ताव दर्ता भई सभाको कार्यकाल सकिएको अवस्थामा नयाँ प्रतिनिधि सभाले ग्रहण गर्ने र आवश्यक निर्णय लिने अहिलेको व्यवस्थामा समयसीमा तोकिएको हो ।
टिकटक भिडियोका कारण चिकित्सकलाई स्पष्टीकरण
बिरामीको उपचार गरेको दृश्य सामाजिक सञ्जालमा राखेपछि एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ । मेडिकल काउन्सिलले सामाजिक सञ्जाल टिकटकमा भाइरल भएका भिडियो सामग्रीका विषयमा डा. सुधीरप्रसाद साहलाई स्पष्टीकरण सोधेको हो । भिडियो सामग्रीले पेसागत आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको छ ।
रास्वपाले तोक्यो समानुपातिक सांसदको जिम्मेवारी
प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रतिनिधित्व नभएको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रलाई केन्द्रित गरी समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो । रास्वपाले जिम्मेवारीसहित प्रतिनिधित्व गर्ने सांसदहरूको विस्तृत विवरण नाम, जिम्मेवारी, क्षेत्र तथा सम्पर्क नम्बर सार्वजनिक गरेको हो ।
रक्षात्मक बन्दै कम्युनिस्ट आन्दोलन
नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा देशभरका कम्युनिस्ट पार्टीले बुधबार विविध कार्यक्रम आयोजना गर्दै छन् । विभिन्न उतारचढाव पार गर्दै आएको नेपालको कम्युनिस्ट आन्दोलनले पछिल्लो आमनिर्वाचनपछि ठुलो धक्का खाएको छ । कम्युनिस्ट पार्टीहरूले संसदीय राजनीतिमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्न नसक्दा तथा नेतृत्वको उच्च महत्वाकाङ्क्षाका कारण अहिलेको अवस्था आएको पुराना कम्युनिस्ट अगुवा रामप्रसाद अधिकारीले बताउनुभयो । “‘नेताभित्रको अह्मता र गल्ती गरेपछि माफी माग्नु पर्दैन भन्ने अतिवादी चिन्तनले कम्युनिस्ट पार्टी पछिल्लो नतिजा स्विकार्न बाध्य भएको हो,” उहाँले थप्नुभयो, “सच्चिने वा सक्किने भन्ने अवस्थामा कम्युनिस्ट आन्दोलन पुगेको छ ।”
बालश्रम निषेध गर्न विधेयक मसौदा
सरकारले बालश्रमलाई पूर्ण रूपमा निषेध र नियमन गर्न ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८२’ को मसौदा तयार गरेर सरोकारवालाबाट सुझाव लिने गरी सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २५ वर्ष पुरानो बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ लाई प्रतिस्थापन गर्न यो नयाँ विधेयक ल्याएको हो ।