निर्वाचनमा सवारी, ड्रोन र सीमा नाका बन्द
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर विशेष सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय सार्वजनिक गरेको छ।
मगर दिवसमा सार्वजनिक बिदा
४४ औँ मगर दिवसको अवसरमा फागुन १५ गते रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उम्मेदवारको प्राथमिकतामा नपरेका सीमाका बस्ती
सर्लाहीको सीमावर्ती क्षेत्रका मतदाताले आफूहरूको क्षेत्रमा समस्या धेरै भए पनि राजनीतिक दलका घोषणापत्र तथा प्रतिज्ञापत्रमा ती विषय नसमेटिएको गुनासो गरेका छन् । सीमावर्ती क्षेत्रमा मुख्य गरी शिक्षा, स्वास्थ्य र सिँचाइको समस्या रहेको स्थानीयको गुना
मतदाता रिझाउन सहिद शालिकमा पहिलोपटक माल्यार्पण !
लहान नगरपालिका–१ को मुख्य चोकमा रहेका मधेश आन्दोलनका सहिदहरूको शालिकमा माल्यार्पण गर्दै मतदाता रिझाउने प्रयास गरिएको चर्चा बढ्न थालेको छ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले सहिद शालिकमा माल्यार्पण गरेपछि यस्तो चर्चा चलेको हो ।
सप्तरी १ र २ मा कांग्रेसलाई समर्थनपछि चुनावी माहोल तात्यो
सप्तरीका चिरपरिचित दुई पूर्वसांसदले प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि जिल्लाका निर्वाचन क्षेत्र नं. १ र २ मा नयाँ चुनावी तरंग देखिएको छ ।
सप्तरीका युवालाई रोजगारी दिने सिके राउतको प्रतिबद्धता
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
पन्चैबाजामा चुनावी प्रभाव
चुनावी प्रचारप्रसार र विवाहको समय एकैपटक पर्दा अहिले पन्चैबाजा बजाउने समूह पाउनै मुस्किल परेको छ । केही उम्मेदवारले उम्मेदवारी दर्तादेखि अहिले घरदैलोसम्म पनि पन्चैबाजाको समेत प्रयोग गरिरहेका छन् । यही बेलामा विवाहको अत्यधिक लगन रहेको छ ।
जाली नोटको कारोबार बढ्न सक्ने
प्रतिनिधि सभाको आसन्न निर्वाचनका बेला नक्कली (जाली) नोटको कारोबार बढ्ने जोखिम उच्च छ । खास गरी भारतसँग सीमा जोडिएका तराई मधेशका क्षेत्रमा त्यस्तो जोखिम उच्च रहने गर्छ । सोही सम्भावनालाई ख्यालमा राख्दै जाली नोटको कारोबार न्यूनीकरण गर्न नेपाल राष्ट्र बैङ्क जनकपुरले जलेश्वरमा सचेतना कार्यक्रम गरेको छ । राष्ट्र बैङ्कका अनुसार निर्वाचन नजिकिँदै जाँदा बजारमा ठुलो परिमाणमा नगद चलनचल्ती हुने, गाउँ गाउँसम्म रकम ओसारपसार बढ्ने तथा अस्थायी रूपमा खुल्ने शिविर र प्रचारप्रसारका कार्यक्रममा नगद प्रयोग अधिक हुने भएकाले जाली नोट प्रचलनमा आउने सम्भावना रहन्छ ।
अठार वर्षपछि फरार युवक पक्राउ
बेग्लाबेग्लै तीनवटा डाँका–चोरी मुद्दामा १८ वर्ष १५ दिनको कैद सजाय पाएका एक युवक लालबन्दीबाट पक्राउ परेका छन् ।
अब परिवर्तन सुनिश्चित छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा मतदाता स्वयं सचेत रहेकाले आफूले धेरै भन्नु नपर्ने बताउनुभएको छ ।
गोबरगाढामा सेना–प्रहरीको कडा सुरक्षा, मतदातामा उत्साह
चारैतिर कोशी नदीले घेरिएको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १३ स्थित पर्ने गोबरगाढा गाउँमा मतदाताहरू उत्साहित भएका छन् ।
महोत्तरीमा शीर्ष नेताको चहलपहलले चुनावी माहोल तातियो
पछिल्ला दिनमा विभिन्न दलका शीर्ष नेताहरूको आगमनले महोत्तरीमा चुनावी माहोल तातेको छ। बुधबार एकै दिन जिल्लाका विभिन्न स्थानमा प्रमुख दलका शीर्ष नेताहरूले चुनावी सभालाई सम्बोधन गरेका छन्। महोत्तरी निर्वाचन क्षेत्र नं. १ को बर्दिवासमा रवि लामिछाने र हर्क साम्पाङ ले चुनावी सभालाई सम्बोधन गर्नुभयो।
पुल र सडकका लागि पहल गर्नेलाई भोट
बाँके, फूलजोर र लखन्देहीखोलामा पुल नहुँदा बर्सौंदेखि सास्ती खेप्न बाध्य सर्लाहीका एक दर्जनभन्दा बढी पालिकाका बासिन्दाले चुनाव नजिकिएसँगै सडक र पुलका लागि पहल गर्ने उम्मेदवारलाई मत दिने बताएका छन् । महोत्तरी, सर्लाही र सिन्धुलीको चुरे भेगदेखि ब
निर्वाचन लक्षित मदिरा बिक्री तथा सेवनमा रोक
जिल्ला प्रशासन कार्यालय सप्तरीलेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गतेबाट मदिरा बिक्री एवम् सेवन गर्न रोक लगाएको छ ।
सप्तरीमा तीन दिन भारतीय सीमा नाका बन्द
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सप्तरीका भारतीय सीमा नाका तीन दिन बन्द गरिने भएको छ।
‘चुनाव पटक–पटक आयो, तर खानेपानी आएन’
सुक्खायाममा चुनावी माहोल जति तातिँदै गइरहेको छ, सर्लाहीको उत्तरी चुरेवर्ती क्षेत्रमा खानेपानीको समस्या उत्तिनै बढ्दो छ ।
खुटी नहर सञ्चालन गर्न किसानको माग
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. १ का किसानहरूले ऐतिहासिक खुटी नहर सञ्चालन गरिने विश्वसनीय प्रतिबद्धताको माग गरेका छन्।
निर्वाचन सुरक्षासँगै मानवीय सेवामा नेपाली सेना
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरी जिल्लाका अति संवेदनशील तथा भारतसँग सीमा जोडिएका एकान्त मतदान स्थलहरुमा सुरक्षा व्यवस्थापन कडा पारिएको छ ।
जल सङ्कटमा समग्र मधेश
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्रमार्फत समग्र विकासका लागि आकर्षक प्रतिबद्धता व्यक्त गरेका छन् । ती प्रतिबद्धतामा मधेश प्रदेशको प्रमुख समस्याबारे स्पष्ट रूपमा उल्लेख गरिएको छैन । पछिल्लो वर्षमा मधेश प्रदेशमा जल सङ्कट प्रमुख समस्या बनेको छ । विगतदेखि नै दलले मधेशलाई अन्नको भण्डार बनाउने, कृषि क्रान्ति ल्याउने र मधेशले देशलाई खुवाउने जस्ता आकर्षक नारा दिँदै आएका छन् तर मधेश प्रदेश दिनप्रतिदिन गहिरिँदो जल सङ्कटको चपेटामा पर्दै आएको छ । गत वर्ष सङ्घीय सरकारले मधेशका भूभागलाई सुक्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
तीन दिन सिमा नाका बन्द हुने
सप्तरीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिने भएको छ । फागून २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सिमा नाका बन्द गरिने भएको हो ।
देश सम्हाल्ने सामर्थ्य कांग्रेससँग मात्रै छ: उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ।
सप्तरी ३ का उम्मेदवारलाई मतदाताको प्रश्न: ‘किन यति चाँडै भोट माग्न आउनुभयो ?’
नेपाली कांग्रेसका तर्फबाट सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिनेशकुमार यादवले परिस्थितिवश चाँडै भोट माग्न आउनु परेको भन्दै मतदातालाई स्पष्टीकरण दिइरहनुभएको छ ।
देशलाई सम्हाल्ने दल कांग्रेस हो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्नुभएको छ ।
कांग्रेसमा अहिले नयाँ जोस र ऊर्जा देखिएको छ : विमलेन्द्र निधि
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले मुलुकलाई सही दिशामा अगाडि बढाएको बताउनु भएको छ ।