भारतीय मुद्राको सटही दर उच्च
वीरगञ्जको स्थानीय बजारमा भारतीय मुद्राको सटही दर हालसम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकले भारतीय एकसयको नेपाली मुद्रा एकसय साठी र बट्टा पन्द्र पैसा तोकिएको भए पनि वीरगञ्ज र सिमापारीको भारतीय बजार रक्सौलमा भारतीय रुपियाँ एक सयको नेपाली रुपियाँ एक सय ६४ र ६५ मा कारोबार तथा लेनदेन भइरहेको स्थानीय तथा व्यवसायीहरुको भनाइ छ ।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।
मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार
पर्सा, कात्तिक ६ गते । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो । उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिनुभयो । “मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस प्रदेशमा सकाएका छौँ । कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “मङ्गलबारदेखि भने बागमती प्रदेशमा रहेकाहरूको उद्धारकार्य अघि बढाइनेछ ।” अध्यक्ष अधिकारीले कोशी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिनुभयो । “अभियानको आठौँ दिन सोमबार वीरगञ्ज र सर्लाहीको हरिवनबाट तीन–तीनजना सडकमा आश्रितहरूको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “रौतहटको चपुरबाट भने चार जनाको उद्धार गरिएको छ ।” मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका सहसंयोजक प्रकाश थारूले उद्धार यात्राअन्तर्गत सोमबार वीरगञ्जबाट सडकमा आश्रित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो । “वीरगञ्जको सडकमा बेवारिसे अवस्थामा आश्रित रहनुभएका तीन जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडकमै बसोबास गर्नुभएकाले अहिले राम्रो आश्रमस्थल पाउनुभएको छ, यो निकै सुखद् कुरा हो ।” मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतमले मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५४ जनाले आश्रयस्थल पाउँदै आएको जानकारी दिनुभयो । “आश्रममा बसोबास गर्नेलाई ठाउँ अभावले गर्दा नयाँ भवन निर्माणको काम अघि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन निर्माण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग प्राप्त भए पनि आश्रम व्यवस्थापन र सञ्चालनमा रकमको अभाव भएको छ ।”मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा एक हजार सात सय ९७ जनाले आश्रय लिँदै आइरहेका छन् । आश्रमले विगत १२ वर्षको अवधिमा १० हजार चार सय ९७ जनाको सडकबाट उद्धार गरेको जनाएको छ । जसमध्ये चार हजार एक सय ४६ जनाको पारिवारिक पुनःमिलन गराएको छ । त्यस्तै एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पनि पारिवारिक पुनःमिलन गराएर घर पठाएको छ । त्यस्तै पाँच जना बङ्गलादेशी नागरिकलाई पनि पारिवारिक मिलन गराइसकेको छ ।आश्रममा रहेका एक हजार तीन सय ३७ जनाको भने मृत्यु भइसकेको छ । आश्रमका अध्यक्ष अधिकारीले सडकबाट उद्धार गरिएकामा ६० प्रतिशत मानसिक समस्या देखिएकाले पनि औषधोउपचार र अन्य व्यवस्थापन गर्न आर्थिक चुनौती कायमै रहेको गुनासो गर्नुभयो । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित अभियान अघि सारेको हो । ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता छ । यो अभियान यही कात्तिक २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने जनाइएको छ ।
दीपावली र छठ नजिकिँदा,घर रङरोगन गर्न भ्याइनभ्याइ
दीपावली र छठ पर्व नजिकिएकाले घरआँगन सरसफाइसँगै रङरोगन गर्न पेन्टरलाई भ्याइनभ्याइ भएको छ । दसैँ सकिएलगत्तै दीपावलीका लागि सरसफाइ गर्ने, पक्की घरमा रङरोगन गर्न दक्ष पेन्टरलाई भ्याइनभ्याइ भएको हो ।
छठ पर्वमा बाँसका सामग्रीको महत्त्व
छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरू बाँसका सामग्री बनाउनमा व्यस्त छन् ।
वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार
वीरगन्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले २२ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
तीन महिनामा पाँच करोडको नुन बिक्री
साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड २३ लाख रुपियाँ बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।
धान डुबाएपछि किसान चिन्तामा
काटेर खेतमै सुकाएको धान शनिबार राति परेको पानीले डुबाएपछि रौतहटका किसान चिन्तित भएका छन् । दसैँ सकिएसँगै उत्साहका साथ धान भिœयाउन जुटेका किसानको धान काटिसकेपछि एक्कासि डुबानमा प-यो ।
इमान्दार भएर काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सूचकांकमा क्रमश सुधार भए पनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै इमान्दारिताका साथ कामकाज गर्न स्वास्थ्यका कर्मचारीलाई निर्देशन दिनुभएको छ।
दाइजो हटाउन अभियान सुरु
यादव समुदायका सिराहा सप्तरीका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुले सामाजिक कलङ्कका रुपमा रहेको दाइजोप्रथा हटाउन अभियान नै थाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, २६ घाइते
कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् ।
हरिपुर्वा सबस्टेसन ‘चार्ज’ गर्न मिल्ने अवस्थामा
बहुप्रतिक्षित सर्लाहीको हरिपुर्वास्थित विद्युत् सबस्टेसन चार्ज गर्न मिल्ने अवस्थामा पुगेको छ । दसैँअघि नै चार्ज गरेर सञ्चालनमा ल्याउने भनिएको सबस्टेसन ठेकेदारको भुक्तानीमा ढिलाई हुँदा काम रोकिन पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले ठेकेदारले पाउनुपर्ने रकम भुक्तानी भइसकेकाले अब तिहार र छठलगत्तै सबस्टेसन चार्ज गरेर सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
बाढीबाट सन्तान गुमाउने आमाको पीडा : राहत त पाइयो, पुछिएन आँसु
वर्षा सकिएको केहीबेरमै यहाँका नदीनालामा आएका बाढी सुकिसके तर ६६ वर्षीय पञ्चमाया थिङ र ५० वर्षीय सुशीला देवीका आँखामा आँसुको भल झन् झन् उर्लिंदै गएको छ । घटनाको ११ औँ
केरा खेतीबाट आर्थिक वृद्धि
एक पटकको लगानीमा वषौँ आम्दानी लिन पाइने भएपछि पछिल्लो समय रौतहटका किसानले व्यवसायिकरुपमा केराखेती गरी आयआर्जन वृद्धि गरेका छन् ।
विवाह पञ्चमीमा अयोध्याबाट जन्ती आउने
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष विवाहमञ्चमीको अवसरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपालि अयोध्याबाट जन्ती आउने भएको छ ।
फुटपाथमा राखिएका अव्यवस्थित बजारले पैदल यात्रुलाई सास्ती
जनकपुरधाम, मधेश प्रदेशको राजधानी मात्र नभई सांस्कृतिक, धार्मिक र व्यापारिक केन्द्रको रूपमा पनि परिचित छ ।
‘नगरपालिका सामाजिक रूपान्तरणतिर उन्मुख छ’
धनुषाको मध्यभागमा मिथिला बिहारी नगरपालिका पर्दछ । साबिकका तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी, अन्दुपट्टी, मिथिलेश्वर निकास, कजरा रमौल, भुतही पर्टेवा गाविस मिलेर बनेको यस नग
दुर्घटना गराएर फरार ट्रक चालक पक्राउ
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
‘मधेशको स्वास्थ्य सूचकाङ्कमा सुधार आवश्यक’
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका सुधारका संकेतहरु सकारात्मक रहेको भन्दै स्वास्थ्य क्षेत्रको सूचकाङ्कमा सुधार ल्याउन कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
चिकित्सक हडतालमा, बिरामी मर्कामा
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका चिकित्सक तथा कर्मचारीहरुको हडतालका कारणले बिरामीहरु मर्कामा परेका छन् ।
नहरमा भेटियो युवकको शव
नहरमा एक युवकको शव फेला परेको छ । बाराको प्रसौनी गाउँपालिका –१ स्थित त्रिवेणी गण्डक नहरमा अन्दाजी २६ बर्षे बिरेन्द्र साह सोनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित
बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको चिन्तित भएका छन् ।
करेन्ट लागेर एककाे मृत्यु, दुई घाइते
महोत्तरीको गौशाला नगरपालिकामा आज बिहान करेन्ट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
काठमाडौँ फर्कने यात्रुको चाप अधिक
सर्लाहीमा दसैँ मनाएर सङ्घीय राजधानी काठमाडौँ फर्कनेको चाप बढेको छ । यहाँबाट काठमाडौँ जाने रात्रिबस तथा दिउँसो चल्ने अन्य साना सवारीमा यात्रुको अत्यधिक चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले टीकाको भोलिपल्टदेखि काठमाडौँ फर्कने सवारीमा यात्रुको चाप बढेको जनाएको छ ।