शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, फागुन २० गते । सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको हुनसक्ने आशङ्का गरिएको छ । नगदसहित पक्राउ पर्नेमा सर्लाहीको क्षेत्र नं. २ स्थित हरिपुर्वा नगरपालिका–२, का ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् ।
यादवलाई मङ्गलबार राति ११ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएर आफूहरुलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा लगिएको छ ।
चुनावको मौन अवधि अर्थात शून्य समयमा कतिपय राजनीतिक दल तथा उम्मेदवारले मतदातालाई आर्थिक प्रलोभन देखाउने तथा नगद नै वितरण गर्ने गरेको गुनासो सुनिने गरेको छ ।