नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण
तराई मधेससहित सप्तरीमा दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि राजविराज नगरपालिकाले आइतबार निःशुल्क दाउरा वितरण गरेको छ ।
चिसोले महोत्तरीका विद्यालय बन्द
अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोष्णा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट
सुनसरीको हरिनगर गाउँपालिका–४ मा शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेका छन् । हरिनगरा माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा पूजा कुमारी दासलाई ४७ वर्षीय शिक्षक रघुनाथ मेहताले कुटपिट गर्नुभएको हो ।
हाम्रो समाजद्वारा ७८ जना बालिकाको अध्ययनमा सहयोग
पाँच विद्यालय र चार कलेजका गरी ७८ जना बालिकाको पठनपाठनमा हाम्रो समाज नेपालले सहयोग गरेको छ । हाम्रो समाजको सप्तरीको महादेव गाउँपालिका ५ भगवतपुरमा आयोजित १४औं साधारण सभामा सो जानकारी गराएको हो ।
शिविरमा ७४२ जनाको आँखा परीक्षण
रौतहटको इशनाथ नगरपालिका–१, बन्जरहामा आयोजित निःशुल्क आँखा शिविरमा ७४२ जनाको परीक्षण भएको छ । नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजना तथा नेपाल भारत मैत्री संघ रौतहटको समन्वयमा शनिबार सञ्चालन भएको उक्त शिविरमा ७४२ जनाको आँखाको परीक्षण गरिएको हो ।