राजविराजमा मजदुर बजार
सप्तरीको राजविराज बजारमा दिनहुँ ज्यालादारीमा काम गर्ने मजदुरको बजार लाग्ने गरेको छ ।
चैते वर्षाले सर्लाहीका किसान खुसी, खेतीपातीको चटारो
यस वर्ष चैत महिनामा भएको पर्याप्त वर्षाले सर्लाहीका किसानलाई राहत पुगेको छ।
सप्तरीमा १४ हजार मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान
सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष खेती गरिएको क्षेत्रफल बढेकाले उत्पादनमा पनि बढोत्तरी हुने देखिएको हो ।
सवारी ज्यान मुद्दामा फरार प्रतिवादी चालक पक्राउ
सप्तरी प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। यसरी पक्राउ परेका प्रतिवादी जिल्लाको कञ्चनरूप नगरपालिका–३ बरमझियाका ३० वर्षीय त्रिभुवन सदा रहेको प्रहरीले जनाएको छ।
‘जनताका समस्या समाधानको पहल गर्छु’
सिराहा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा शिवशङ्कर यादव निर्वाचित हुनुभयो । उहाँ प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पटक उम्मेदवार बन्नुभएको थियो ।
गणकलाई सही तथ्याङ्क दिन आग्रह
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले आर्थिक गणना गर्न खटिने गणकलाई सही तथ्याङ्क दिन आग्रह गर्नुभएको छ ।
लेखा कर्मचारी अभावले सेवा प्रवाह प्रभावित
मधेश प्रदेश सरकारले लेखासम्बन्धी कर्मचारी व्यवस्थापन नगर्दा रौतहटका स्थानीय तह तथा प्रदेश मातहतका कार्यालयमा सेवा प्रवाह प्रभावित भएको छ ।
सर्लाहीमा नेपाल पत्रकार महासङ्घको कार्यालय स्थापना
सदरमुकाम मलङ्गवामा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको छ ।
मुख्यमन्त्री यादवद्वारा संशोधन विधेयक फिर्ता
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरिएको गाउँ सभा, नगर सभा तथा जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ संशोधन विधेयक फिर्ता लिनुभएको छ ।
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ ।
कांग्रेसका नेता टुनटुनको १०९ वर्षमा निधन
नेपाली कांग्रेसका नेता टुनटुन यादव “मरर” को सोमबार निधन भएको छ ।
सप्तरीमा लागुऔषध र दुई मोटरसाइकल सहित चार जना पक्राउ
सप्तरी प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
हरित सत्याग्रह साइकल यात्रा जनकपुरधाममा
भारतको विहार राज्य अन्तर्गत सुपौल जिल्लाबाट सुरु गरिएको हरित सत्याग्रह साइकल यात्राअन्तर्गत चार जना भारतीय पर्यावरण अभियानी जनकपुरधाम आइपुगेका छन्।
अभद्र व्यवहार मुद्दामा एक जना पक्राउ
सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
महासङ्घको ७१औँ स्थापना दिवसमा धनुषामा प्रभातफेरी
नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा धनुषा शाखाले प्रभातफेरी कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। सोमबार बिहान आयोजित उक्त कार्यक्रममा महासंघ धनुषा शाखाका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा श्रमजीवी पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो।
‘जनताको सुखदुःखमा साथ दिन्छु’
पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुशीलकुमार कानु २०७९ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका–१० को वडा
पत्रकार पौडेललाई उपचार खर्च उपलब्ध गराउन माग
पूर्वपश्चिम राजमार्ग विस्तार गर्न काटिएको रुखले च्यापिएर घाइते भएका पत्रकार प्रेमनाथ पौडेल र उहाँका दाई विश्वनाथ पौडेलको उपचारमा सहयोग गर्न माग गरिएको छ ।
तलब निकासाको माग गर्दै शिक्षक–कर्मचारीद्वारा ज्ञापनपत्र
लहान नगरपालिकाका शिक्षक तथा कर्मचारीहरूले गएको पुस महिनादेखि तलब पाउन नसकेको भन्दै तलब निकासाको मागसहित ज्ञापनपत्र बुझाएका छन्।
सप्तरीमा ११औँ दिनाभद्री जन्मोत्सव मनाइयो
नेपाल राष्ट्रिय मुसहर संघ, जिल्ला समिति सप्तरीको आयोजनामा ११औँ दिनाभद्री जन्मोत्सव आइतवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रदेशलाई अधिकार सम्पन्न र संघीयता बलियो बनाउने अपेक्षा
मधेश प्रदेश सभा सदस्यहरूले प्रदेशलाई अधिकार सम्पन्न र बलियो संघीयता निर्माण गर्न नवगठित सरकारसँग उच्च अपेक्षा व्यक्त गरेका छन् ।
ओली पक्राउको विरोधमा सप्तरीमा प्रशासनलाई ज्ञापनपत्र
नेपाल कम्युनिष्ट पार्टीेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा विरोधपत्र (ज्ञापनपत्र) बुझाएका छन् ।
गङ्गासागर क्षेत्रबाट अतिक्रमित संरचना हटाउने अभियान तीव्र
मधेश प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गङ्गासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ ।
मासुमा हावा र पानी भरेर बिक्री
सर्लाही सदरमुकाम मलङ्गवा बजारका मासु पसलबाट उपभोक्तामाथि चरम ठगी हुने गरेको पाइएको छ।
आफन्तलाई भ्रमण लगेको आरोपमा वडा कार्यालयमा तालाबन्दी
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। वडाका जनप्रतिनिधि र कर्मचारीले बजेट दुरुपयोग गरी धार्मिक तथा पर्यटकीय भ्रमणमा आफ्ना श्रीमती र आफन्तलाई लगेको आरोप लगाउँदै आइतबार स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।