सञ्चालनमा आउन सकेन गाडिएका डिप बोरिङ्ग
सिरहा जिल्लामा गाडिएका ४३३ डिप बोरिङ्गमध्ये आधाभन्दा बढी सञ्चालनमा आउन नसकको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।
सप्तरीमा दुई महिनामै भत्कियो पर्खाल
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ वभनगामा निर्माण भएको कलभर्टको पर्खाल भत्किएको छ । जण्डौल–कुशहा सडकस्थित वभनगामाको ग्रामदेवता डिहिबार थानदेखि कट्टीसम्म सडक ढलान भएको कल्भर्टको पर्खाल दुई महिनामै भत्किएको हो ।
गौर हत्याकाण्ड : सर्वोच्चको आदेशपछि राजविराजमा जसपाको प्रदर्शन
रौतहटको गौरमा १९ वर्षअघि भएको हत्याकाण्डको छानबिन गर्न सर्वाेच्च अदालतले परमादेश दिएपछि राजविराजमा प्रदर्शन भएको छ ।
उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला
बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् ।
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी
वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ । यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन् ।
बजेट अभावले पुल निर्माण अलपत्र
सर्लाहीको लालबन्दी नगरपालिका–१३ र १४ को सीमामा पर्ने नारायणखोलामा पुल निर्माण कार्य अलपत्र पर्दा जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने नारायणखोलाका स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।
गौर हत्याकाण्डमा परमादेश जारी, के थियो घटना ?
रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी १९ वर्षअघि भएको व्यक्ति हत्याको घटना अनुसन्धान र अभियोजनका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । राजनीतिक वृत्तमा समेत बेलाबेलामा चर्चा पाउने उक्त हत्याकाण्डको अनुसन्धानका लागि सर्वोच्चले न्यायिक सक्रियता देखाएको हो ।
आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा वडाध्यक्ष कुशवाहा पक्राउ
बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पर्सामा ९८ प्रतिशत धान रोपाइँ
लामो समयदेखि पानी नपरेर खडेरी भई सुक्खा क्षेत्र हुन पुगेको यस वर्ष पर्सा जिल्लामा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाका अनुसार समयमा पानी नपरेकाले चिन्तित पर्साका किसानहरुले यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न गरेका हुन् ।
तीन वर्षमा पानीमा डुबेर ३४० बालबालिकाको मृत्यु
मधेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।
छोरी शिक्षा बिमा कार्यक्रम स्थगित
मधेश प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम स्थगित भएको छ ।
स्कुल बस पल्टिँदा पाँच विद्यार्थी घाइते
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा सोमबार विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थी र चालक घाइते भएका छन्।
डुङ्गासँगै बगिरहेको जीवन
सुदिप राउतसिराहा, भदौ २ गते । “माझी दाईले जुनीभरी डुङ्गा तारिरहे,अरूलाई तार्दातार्दै आफूचाहिँ वारि रहे ।कतै पारि जाने रहर उनको पनि थियो,त्यहि पानीले लग्यो सलल...”गायक उदित नारायण झाको सुमधुर स्वरमा गुञ्जिने यस पुरानो नेपाली गीतले आज पनि कमला नदीमा डुङ्गा चलाउने माझीहरूको जिन्दगीलाई सजीव बनाउँछ । क्षेत्रप्रताप अधिकारीको शब्द र आलोक श्रीको सङ्गीतमा सजिएको यो गीत जति कर्णप्रिय छ, उति नै कटु यथार्थ समेटिएको छ माझीहरूको । अरूलाई पार लगाउँदै गर्दा, आफ्नो जिन्दगी नदी किनारामै अड्किने कमलाका माझीहरूको पीडा–जुन सदियौँदेखि बगिरहेकै छ, कमलाको पानीझैं । जब–जब कमला नदीले आकार बढाउँदै जान्छ, नदी किनारका बस्तीमा त्रास थपिँदै जान्छ । वर्षायाममा नदीको रौद्र रूपको आशङ्काले मानिसहरू चैनले बस्न सकेका छैनन् । नदीको वारिपारि घरजग्गा हुनेले खेतबारी छाड्न थालेका छन् । ठाउँ सरेका छन्, सुरक्षित स्थान रोजेका छन् । तर, यिनै किनारमा एक जना माझी ‘बा’ अझै पनि आफ्नो डुङ्गासँग बाँधिएर बस्नुभएको छ, ७२ वर्षीय रामसेवक सहनी ।उमेरले बुढ्यौलीले थिचे पनि बाध्यताले उहाँलाई अझै बिहान सबेरै डुङ्गा चलाउन नदीमा पुर्याउँछ । जसरी डुङ्गा नदीको धारसँगै बगिरहन्छ, सहनीको जीवन पनि समयको वहाबमा रोकिएर होइन, बगेर बाँचिरहेको छ । कमला नगरपालिका—५ का सहनीको यो पेसा रहरको होइन, बाध्यता बन्न पुगेको छ । सहनी जस्तै कमला नदीको किनारमा जीवन बिताइरहेका माझीहरूको दिनचर्या नदीको बगाइसँगै चल्छ । जसको जीवन, समय, आशा र प्रतीक्षा सबै कमलाकै बहावसँग बाँधिएको छ । बिहान झिसमिसे नहुँदै घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै घर फर्कने उनीहरूको जीवनचक्र वर्षौँदेखि उस्तै छ, कहिल्यै नथाक्ने नदी जस्तै ।वर्षा लागेपछि नदीको आकार बढ्छ, जोखिम बढ्छ, यात्रु घट्छन्, तर सहनी ‘बा’ चाहिँ त्यसै जोखिमलाई आफ्नो दैनिकी बनाएर बाँचेका छन् । “के गर्नु, वर्षाका दुई, चार महिना त हो डुङ्गा चलाउन पाउने”, उहाँको स्वरमा थकाइ छैन, बरू जीवनले सिकाएको सहनशीलता छ । केही बेरको मौनतापछि विस्तारै उहाँ अगाडि थप्नुहुन्छ, “सानैदेखि गर्दै आएको काम हो यो । यही घाटमा डुङ्गा खियाउँदै जिन्दगी बित्यो ।” हरेक वर्ष, हरेक बर्खा, उहाँको जिन्दगी नदीसँगै बगिरहेको छ, जहाँ न त पुरानो जीवन बाँकी छ, न नयाँ विकल्प खुलेको छ । बाँकी छ त केबल घाट, डुङ्गा र जीवनको अन्तहीन यात्रा ।कमलाको अधुरो पक्की पुल कहिले आउला, कसैलाई थाहा छैन । बाटोहरू सुनसान बन्दैछन्, हुलाकी सडक हुँदै हिँड्ने गाडीहरू घट्दैछन् । तर नदी किनारमा खियाउने डुङ्गाहरू चलाउन थाल्ने माझीहरूको सङ्ख्या बढ्दै छ । किनकी विकल्प छैन र जस्तो डुङ्गा नदीमा बग्छ, माझीहरूको जीवन पनि त्यसैगरी बगिरहेको छ, अस्थिर, जोखिमपूर्ण, तर अनवरत । सिराहा–५ का ५२ वर्षीय छेदी मुखियाकोे दैनिकी पनि बिहानदेखि बेलुकासम्म डुङ्गा चलाउँदै बित्छ । कहिले घाम, कहिले पानी, कहिले नदीको उर्लंदो बहाव सामना गर्नु उहाँको दैनिकी बनेको छ । आँखाले देखुञ्जेल डुङ्गा खियाउन उहाँ व्यस्त हुनुहुन्छ । बाउबाजेदेखि चल्दै आएको डुङ्गा चलाउने पेसालाई अझै निरन्तरता दिइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “तीन दशकदेखि यही घाटमा डुङ्गा चलाइरहेको छु । यो त हाम्रो पुर्खाले छोडेको पेसा हो । व्यवसायभन्दा पनि सामाजिक सेवा जस्तो लाग्छ । जुनीभर यही डुङ्गा चलाउँदै बित्यो ।”वर्षायामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना १५ देखि २० हजार आम्दानी हुने माझीहरू बताउँछन् । त्यसका लागि उनीहरूले डुङ्गाबाट नदी पार गर्दा यात्रुहरूले मोटरसाइकलको सय र व्यक्तिको ५० शुल्क उठाउँदै आएका छन् । त्यही आम्दानीले घर खर्चको साथै डुङ्गा मर्मत गर्नमा खर्च गर्नुपर्ने माझीहरु बताउछन् । अनुभवी माझी मुखियाका अनुसार पछिल्ला तीन दशकमा उहाँले पाँच वटा डुङ्गा फेरिसक्नुभएको छ । “एउटा डुङ्गा बनाउन चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्छ”, उहाँ सुनाउनुहन्छ, “पाँच वर्ष जति त काम गर्छ, त्यसपछि त काम नलाग्ने थोत्रो हुन्छ ।” डुङ्गा फेरिने क्रम र जीवन चलाउने सङ्घर्ष सँगसँगै चलिरहेको छ माझीहरुको । आधुनिक प्रविधिको विकाससँगै अन्य पेसा रोज्ने अवसर भए पनि उनीहरू यो परम्परागत पेसाबाट विमुख भएका छैनन् । “नौ–दस वर्षको थिएँ, तबदेखि यही घाटमा छु”, अर्का माझी रामेश्वर सहनी भन्नुहुन्छ,“बाउबाजेले त महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुरतिर डुङ्गा चलाउनुहुन्थ्यो । पुल बनेपछि त्यहाँबाट हटेर हामी यता आएका हौँ ।” उहाँको स्वरमा चिन्ता र अनिश्चितता मिसिएको छ । एकातिर पुर्खाबाट चल्दै आएको पेसा छोड्न सकिन्न भन्ने भाव, अर्कोतिर आधुनिकताले विस्तारै धकेलिरहेको वास्तविकता । कमला नदीमा अहिले स्थायी पुल छैन । बन्दै गरेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भासिएको छ । पुल नहुँदा स्थानीयका लागि डुङ्गा नै आवतजावतको मुख्य माध्यम बनेको छ । रामेश्वर भन्नुहुन्छ, “यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो थाहा छैन । त्यो भासिएको पुल नउठेसम्म त होला ?”कमला नदीको साररश्वरनाथ घाटमा दैनिक चार वटा डुङ्गाले यात्रुहरूलाई वारपार गराउँदै आएका छन् । त्यस्तै, हुलाकी सडकअन्तर्गत भासिएको पुलको नजिक बसबिट्टामा दुई वटा डुङ्गा नियमित रूपमा चल्छन् । वर्षायाममा नदीको वहाब बढ्दा माझीहरूलाई ज्यानको जोखिम मोलेर यात्रु पार गराउनुपर्ने बाध्यता हुन्छ । यही कारण माझी समुदायको भूमिका स्थानीयहरूका लागि अत्यन्तै महत्त्वपूर्ण छ । सेवा भावनाले प्रेरित सहनी र मुखिया जस्ता माझीहरू नाफा भन्दा पनि मानवीय कर्तव्यलाई प्राथमिकता दिँदै वर्षौंदेखि यो पेसामा समर्पित छन् । यात्रुका लागि उनीहरु केबल डुङ्गा चालक मात्र होइनन्, दैनिक जीवनका सहजकर्ता हुन् । स्थानीय सोनु यादव भन्नुहुन्छ, “सरकारले वर्षौ बित्दासमेत पुल सम्पन्न गर्न सकेन । तर उहाँहरू (माझी) ले भने एक दिन पनि सेवा रोक्नुभएन । सरकारभन्दा बढी जिम्मेवारी पूरा गरिरहनुभएको छ उहाँहरूले । हामी गाउँलेहर" त उहाँहरूमै भर पर्छौं ।”हुलाकी सडकअन्तर्गत कमला नदीमाथि पक्की पुल बन्ने सपना देखाएको पनि १४ वर्ष नाघिसकेको छ । २०६८ मा सुरु गरिएको चार सय ६९ मिटर लामो पुल निर्माण कार्य तीन वर्षमा सकिने भनिएको थियो । तर त्यो सपना अझै अधुरै छ । हरेक वर्ष बर्खायाम आउँछ, नदीको बहाव बढ्छ, अनि माझीहरूको डुङ्गा जीवन र मृत्युको बlचमा यात्रुहरूलाई पार लगाउनुपर्ने वर्षौदेखिको नियति दोहोरिरहन्छ । पुल निर्माणको जिम्मा सुरुमा पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो । तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो । बीचमै काम अलपत्र परेपछि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा प¥यो । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी जिम्मेवारी लुम्बिनी बिल्डर्सले पाएको थियो । यसबीचमा पनि पटक–पटक म्याद थप्ने काम गरियो । अन्तिम पटकलाई भन्दै गत असार मसान्तसम्म पुल पुनःनिर्माण सम्पन्न गर्ने सर्तमा ठेक्का सम्झौता गरिए कम्पनीले जेठदेखि नै काम रोकिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार निर्माण कम्पनीले न म्याद थपको निवेदन दिएको छ, न काम नै अघि बढाएको छ । यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबिचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमाबापतको रकम दाबी गरेको थियो । बिमा कम्पनीबाट आठ करोड रुपियाँको क्षतिपूर्ति दाबी गरे पनि मुद्दा अझै विचाराधीन अवस्थामा रहेकाले हाल कानुनी परामर्शसहित अगाडिको प्रक्रिया अघि बढाइएको निर्देशनालयका प्रमुख महतोको भनाइ छ । कमला नदीमाथि निर्माणाधीन पक्की पुल अलपत्र पर्दा त्यसको असर केवल यातायातमै सीमित छैन, अब यसले स्वास्थ्य सेवामा गम्भीर प्रभाव पारेको छ । उपचारका लागि सिराहाबाट जनकपुर पठाइएका बिरामीहरू झनै जोखिममा परिरहेका छन् । प्रादेशिक अस्पताल सिराहाबाट पठाइएका बिरामीहरूलाई सामान्यत ३१ किलोमिटर टाढा रहेको जनकपुर पुग्न चोहर्वा, मिर्चैया, ढल्केवर हुँदै झण्डै ९० किलोमिटर लामो बाटो घुमेर जानुपर्ने बाध्यता रहेको छ । पुल निर्माणका लागि स्थानीयले पछिल्लो दशकमा पटकपटक सङ्घर्ष गरेका छन् । प्रधानमन्त्रीदेखि मुख्यमन्त्री, विभागीय मन्त्री र सांसदहरूसम्मको ध्यानाकर्षण गराए । सबैबाट स्थानीयले आश्वासन त पाए, तर ती आश्वासन अझै पनि कागजमै सीमित छन् । विडम्बना, वर्षा लाग्नासाथ स्थानीयवासीहरूलाई उही जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता दोहोरिइरहेको छ । बाढीको समयमा नदीको उर्लदो बहाव र डुङ्गामा यात्रा गर्दा हुने दुर्घटनाको डरले त्रसित स्थानीयहरू सरकारका आश्वासन होइन, आफ्नै माझीहरूको भरोसामा बाँचेका छन् । पुल बन्ला र एकदिन सुरक्षित यात्रा गरौँला भन्ने यहाँका जनताको सपना पुस्तौदेखि अधुरै छ । देशकै पुरानो हुलाकी मार्ग ओझेलमा पारिएको र जोखिमपूर्ण डुङ्गा यात्रा अझै जारी हुनु यसको प्रत्यक्ष प्रमाण हो । वर्षा लाग्नासाथ, नदी पार गर्ने अन्तिम विकल्प फेरि पनि डुङ्गा नै रहन्छ । नदी, डुङ्गा र जोखिमको यो चक्र माझीहरूको जीवनकै अभिन्न अंश बनिसकेको छ । जबसम्म त्यो भासिएको पुल उठ्दैन, कमलाको किनारमा डुङ्गा चलिरहनेछ । र माझीहरूको जीवन पनि त्यही डुङ्गासँगै नदीजस्तै बगिरहनेछ –अबिराम, अनवरत । रासस
सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू
यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागितामा झाडी फाँडेर व्यवस्थित वृक्षरोपण अभियान सुरू गरिएको छ ।
सप्तरीमा डुबेर वृद्धको मृत्यु
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
राजविराज विमानस्थलबाट साउदी रियालसहित एक जना पक्राउ
सप्तरी प्रहरीले राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका– ११, लंका टोल बस्ने अन्दाजी ३३ वर्षीय मो. खुर्शिद आलम छन् ।
सिरहामा यसवर्षको रोपाइँ सकिन लाग्यो
लामो समयको खडेरीपछि साउनको अन्त्यसम्म आइपुग्दा जिल्लामा रोपाइँ सकिन लागेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ ।
सडक निर्माण नहुँदा जोखिमयुक्त यात्रा गर्न बाध्य स्थानीय
सप्तरीको महादेवा गाउँपालिका– १ सोनरामा सडक निर्माण नहुँदा स्थानीयले वर्षातको समयमा सास्ती बेहोर्नु परेको छ ।
उपचारका क्रममा कैदीबन्दीको मृत्यु
जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४ शुभम वस्ती टोलमा डेरा गरी बस्ने वर्ष ६० को राजकिशोर साह रहेको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोक कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु
सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराम शनिबार राति करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्युु भएको छ ।
पत्रकारमाथिको आक्रमण तथा प्रशासनविरुद्ध पत्रकारहरूको धर्ना
पत्रकारमाथि भएको आक्रमणविरुद्ध धनुषामा पत्रकारहरूले विरोध तथा धर्ना दिने भएका छन् ।पत्रकारमाथि आक्रमण भएको पाँच दिनभन्दा बढी हुँदा पनि प्रहरी प्रशासनले कुनै चाँसो नदिँदा सोविरुद्ध नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आइतबार बिहान १०ः३० बजे महासंघ धनुषा र ११ बजे जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरुले विरोध प्रदर्शन तथा धर्ना दिने भएका हुन् ।
मन्त्रालयको समन्वयपछि बजेट प्रस्तुत
रौतहटको फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ । स्थानीय सरकारले आगामी आवको बजेट असार १० भित्र ल्याएर असार मसान्तसम्ममा पास गरिसक्नुपर्ने कानुनी प्रावधान रहे पनि जनप्रतिनिधिबिच कुरा नमिल्दा फतुवा विजयपुर नगरपालिकाले बजेट ल्याउन सकेको थिएन ।
दुई दिनमा सर्पदंशबाट दुई महिलाको मृत्यु
सप्तरीको खडक नगरपालिकामा दुईदिनमा सर्पदंशबाट दुई वृद्ध महिलाको मृत्यु भएको छ । नगरपालिका– ३ स्थित गरुराहा टोल घर भएकी ८५ वर्षीया सोनियाँ देवी मोचीको शनिबार सर्पदंशबाट मृत्यु भएको हो ।
हुलाकी सडक निर्माण अलपत्र
पटक पटक स्थानीय आन्दोलित हुँदा पनि सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वपश्चिम हुलाकी सडकको निर्माण अझै अलपत्र छ । एक महिनाअघि स्थानीय युवा र महिलाले धुलाम्मे अवस्थामा रहेको हुलाकी स