शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन २१ गते । सप्तरीमा स्थायी २९६, अस्थायी २ गरी २९८ मतदान स्थलमा बिहीबार बिहान ७ बजे देखि मतदान सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २९६ स्थायी, २ अस्थायी गरी २९८ मतदान स्थलको ५६२ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
जिल्लाभरिको सबै मतदान स्थलमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा कुल चार लाख ४६ हजार ४०२ मतदाता रहेकोमा पुरुष दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार दुई सय ८३ तथा अन्य २३ जना रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।