फोनिज मधेशको साधारण सभाको तयारी पूरा
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभा शनिबार बाराको कोहल्वीमा हुँदैछ । साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश समितिले जनाएको छ ।
चोरी गर्न आएको भन्दै प्रतिकार गर्दा छोराको मृत्यु
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा भएको घटनामा बाबुआमाको प्रतिकारमा छोराको मृत्यु भएको छ ।
जनकपुरधामको कला संस्कृति पुरानो छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामको कला संस्कृति पुरानो रहेको भन्दै यसको प्रचारप्रसार भए पर्यटक बढ्ने र यसले प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ ।
न्यायको माग गर्दै मुसहर समुदायको प्रदर्शन
बलात्कार भएपछि मृत्यु भएकी नवराजपुर–१ भगवतीपुरकी रिङ्कु सदायको परिवारलाई न्याय दिलाउन दबाब दिन मुसहर समुदायद्वारा लहानमा प्रदर्शन गरिएको छ।
मधेशी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्कली मधेशवादी दल माओवादी मात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताउनुभएको छ ।
ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै
कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरुको स्वरुप यतिबेला फेरिएको छ ।
इन्दुशङ्करद्वारा उखु किसानको एक अर्ब ३७ करोड भुक्तानी
सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले उखुु किसानलाई एक अर्ब ३७ करोडभन्दा बढी भुक्तानी दिएको छ ।उद्योगले चालु सिजनमा किसानलाई उखुु खरिदबापतको एक अर्ब ३७ करोड तीन लाख रुपियाँ भुक्तानी गरेको हो ।
सम्झौतापछि किसान आन्दोलन स्थगित
खुल्ला रुपमा खुटीनहर सञ्चालन हुनुपर्ने माग राखेर खुटी नहर संघर्ष समितिले गर्दै आइरहेको आन्दोलन तीन बुँदे सम्झौतापछि स्थगित भएको छ ।
साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ
पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् ।
मिथिला मध्यमिकी परिक्रमा सुरु
नेपालको सबैभन्दा लामो दूरीको १५ दिवसीय मिथिला मध्यमिकी परिक्रमा बिहीबारदेखि सुरु भएको छ । फागुन कृष्णपक्षको औंसी तीथिमा धनुषाको मिथिला बिहारी नगरपालिका –८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निकालिएको भगवान रामको डोला र जनकपुरधाम –८ स्थित सुन्दर सदनबाट निकालिएको माता सीताको डोला जनकपुरधामको हनुमानगढीमा पुगेपछि मिथिला माध्यमिकि परिक्रमा प्रारम्भ भएको मानिन्छ ।
गाडीले किचेर एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, स्थित चिनी मिल जाने गेटदेखि १०० मिटर पश्चिमतर्फ हालसम्म पहिचान हुन नसकेको गाडीले किचेर मलङ्गवा नगरपालिका –५, घर भइ हरिवन नगरपालिका –४, तीनघरेस्थित ‘टाइम वार्टर’ नामक पानी फ्याक्ट्रीमा कार्यरत ४५ वर्षीय बुधेश सहनीको मृत्यु भएको हो ।
सङ्घीय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षामन्त्रीलाई ध्यानाकर्षण
सङ्घीय शिक्षा ऐन ल्याउनु पर्ने माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा शिक्षकहरूले बिहीबार प्रदर्शन गरी मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिबारीलाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।
महोत्तरीमा मगर दिवस मनाइयो
महोत्तरीका मगर समुदायले विविध कार्यक्रम गरेर मगर दिवस मनाइएको छ। अवसरमा गौशाला नगरपालिका ८ ढल्केवरमा जिल्लाभरका मगर समुदाय भेला भई एकता दिवस मनाइरहेका छन्।
प्रेम सम्बन्धकै कारण युवकको हत्या
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको पुष्टि भएको छ ।
वीरगन्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि
वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
पढ्दै गरेका हरवाचरवा परिवारका बालबालिका
सप्तरी, फागुन १५ गते । सप्तरीको शम्भुनाथ नगरपालिका १० रामपुर जमुवामा द फ्रिडम फण्डुको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले हरवाचरवा परिवारका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क बाल ट्युशन कक्षामा अध्ययन गर्दै हरवाचरवा दलित बालबालिकाहरु । तस्बिरः रासस
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा
मधेश प्रदेशको राजधानी जनकपुरधाममा फागुन १६ गतेदेखि १८ गते सम्म हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ ।
लक्ष्यको तुलनामा कम धान खरिद
नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ ।
फोनिज मधेश प्रदेशले चार पत्रकारलाई पुरस्कृत गर्ने
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशले चार जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिज मधेश प्रदेशले स्थापना गरेको क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुनु हुनेछ ।
शम्भुनाथ मन्दिरमा एक लाखभन्दा बढीले गरे दर्शन
शिवरात्रिको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित रहेको शम्भुनाथ मन्दिरमा १ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
टिप्परले ठक्कर दिँदा दुुई जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, स्थित वन कार्यालयनजिक बुधबार टिप्परले हाइसलाई ठक्कर दिँदा दुुई जना घाइते भएका छन् ।
पक्रिया पूरा नगरेका औषधी पसल बन्द
प्रक्रिया नै पूरा नगरी रौतहटको विभिन्न स्थानमा खुलेका औषधी पसल बन्द गरिएको छ । औषधी व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगन्जबाट खटेको टोलीले अनुगमन गर्ने क्रममा दर्ता प्रक्रिया पूरा नगरी खुलेका रौतहटको पाँच वटा औषधी पसलमा ताला लगाइएको हो ।
लागुऔषध नियन्त्रणमा सक्रियता
सप्तरी प्रहरीले गत २६ माघमा बोदेबरसाइन नगरपालिका–३ बाट स्कार्पियो गाडीसहित ७२६ किलो प्रतिबन्धित लागुऔषध गाँजा नियन्त्रणमा लिइयो भने चालक फरार छन् । गत पुस २७ मा जिल्ला
जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको स्थापना ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ लेखिएको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको पूजाको लागि भव्य तयारी गरिएको छ ।