राजविराज बजार बन्द
सप्तरीको राजविराजवासीले बिटौरी तथा ब्लक जग्गाको लालपुर्जाको माग गर्दै आज बिहानैदेखि बजार बन्द गरेर आन्दोलन गरेका छन् ।
गोरखापत्रकर्मी चौधरीसहित पत्रकार पुरस्कृत
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेश समितिले गोरखापत्र दैनिकका समाचारदातासहित चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
गाडीको ठक्करबाट निलगाईकाे मृत्यु
कार चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालले बताउनुुभएको छ ।
मुख्यमन्त्री आउँदा अवैध अस्पताल सञ्चालक फरार
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् ।
‘मधेशी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छ’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताउनुभएको छ । धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
छिमेकीबाटै बालिका बलात्कृत
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छिन् ।
वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ ।
दोस्रो वीरगञ्ज गोल्डकप : वीरगञ्ज युनाइटेड क्लब विजयी
शनिबारदेखि सुरु भएको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज उद्घाटन खेलमा विजयी भएको छ । शनिबारको खेल वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उदघाटन गर्नु भएको थियो ।
सुरुङ खनेर एकैरात पाँच घरमा चोरी
शुक्रबार राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो। पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन्।
घरभित्रै गाडिएको अवस्थामा शव भेटियो
धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा एक महिलाको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो २० वर्षीया अञ्जली यादवको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणकुमार सिंहले पुष्टि गर्नुभएको छ।
नमुना बलाष्टरलाई कोशी प्रिमियर लिगको उपाधि
सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न कोशी प्रिमियर लिगको उपाधि नमुना बलाष्टर इटहरीले जितेको छ ।
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँ लगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
जातीय पहिचानका लागि माझी समुदायको प्रदर्शन
धनुषाको लालगढमा माझी समुदायले जातीय पहिचानका लागि सडक प्रदर्शन गरेका छन्। शनिबार लालगढका माझी समुदायले माझी समुदायको महान् चाड कोशी (लदी) पूजाको अवसर पारेर सडक प्रदर्शन गरेका हुन्।
संविधानको उचित प्रयोग नभएकै कारण पूर्ण समावेशीता सम्भव भएनः सभामुख मण्डल
बाराको कोहल्वीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानको समावेशीतासम्बन्धी प्रावधानको उचित प्रयोग नभएको बताउनुभएको छ।
परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक विदा दिइएको हो ।
जनताको सामाजिक न्यायको लागि अभियानमा छौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय जनताले पाउनुपर्ने उद्देश्यले तराई-मधेश अभियानमा जुटेको बताउनुभएको छ ।
भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा
भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा सार्वजनिक पूर्वाधार क्षेत्रअन्तर्गत निर्माणाधीन पुल सञ्चालनमा ल्याइएको हो ।
पाँच अस्पताल बन्द गर्ने निर्देशन दिएको छुः मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा बिना दर्ता सञ्चालित पाँच वटा अस्पताललाई बन्द गर्न निर्देशन दिएको बताउनुभएको छ । अनुगमनको क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको भएको हो ।
महाकुम्भ स्नान गर्न गएका सप्तरीका तीन जना सम्पर्कविहीन
महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका तीन जना सम्पर्कविहीन भएका छन् । महाकुम्भ स्नानका लागि भारत गएका सप्तरीका दिदीभाइ सम्पर्कविहीन भएको सात दिन भइसकेको छ ।
वडाध्यक्ष मुखियाको निधन
माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
कटारी गोल्डकपः उपाधिका लागि आज स्पर्धा हुँदै
यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ ।
‘डाल दउरा’ मा तीव्र कुद्छन् मुसनीका औँला
‘डाल दउरा’ बनाउँदै आएकी मुसनीदेवी डोम अहिले ७४ वर्षको हुनुभयो । बाल्यावस्थादेखि नै बाँसजन्य सामग्री बनाउँदै आउनुभएकी मुसनीलाई यतिखेर विवाहको लगनले छोएको छ । विवाहको लगनका कारण उहाँलाई डाल दउरा (विभिन्न रङले सजाइएका बाँसको ढाकी) बनाउन भ्याइनभ्याइ छ ।
‘संस्कृतिमाथिको प्रहारले समुदायलाई कमजोर बनाउँछ’
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सभ्यता र संस्कृतिमाथिको प्रहारले समुदायलाई कमजोर बनाउने बताउनुभएको छ । मुख्यमन्त्री सिंहले नेवा. देय देवूँ मधेश प्रदेशको बर्दीबासमा आयोजित तेस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुलुकमा गणतन्त्र स्थापनापछि सबै जातजातीले आफ्नो अधिकार, पहिचान, सांस्कृतिक सम्पदाको सम्मान र संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको हो ।
फोनिज मधेशको साधारण सभाको तयारी पूरा
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभा शनिबार बाराको कोहल्वीमा हुँदैछ । साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश समितिले जनाएको छ ।