• १७ फागुन २०८१, शनिबार

वडाध्यक्ष मुखियाको निधन

blog

चन्द्रपुर (रौतहट),  फागुन १७ गते ।  माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । 

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले राससलाई जानकारी दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट उहाँ निर्वाचित हुनुभएको थियो । रासस