सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताउनुभएको छ ।
भूकम्पपीडितलाई भूपाल प्रज्ञापरिषद्को दश लाख सहयोग
भूकम्पपीडितलाई भूपाल प्रज्ञापरिषद्ले दश लाख सहयोग गरेको छ । प्रज्ञापरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
शीर्ष नेताबिच छलफल : लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता
शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । सिंहदरबारमा मङ्गलबार अपराह्न भएको छलफलमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
पोल्याण्ड पठाउने भनी ३८ लाख ठगी गर्ने पक्राउ
पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपियाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा ९० प्रतिशत मानसिक रोगी मानसिक स्वास्थ्योपचारबाट वञ्चित
नेपालमा ९० प्रतिशत मानसिक रोगीहरूले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरूले बताएका छन् ।
कांग्रेस महासमिति बैठक पुसको १६ देखि १९ गतेसम्म बस्ने
नेपाली कांग्रेसको पूर्व निर्धारित महासमिति बैठकको मिति पुनः सरेको छ ।
राहत, उद्धार र पुनर्स्थापना कार्य प्रदेश तथा स्थानीय सरकारको नेतृत्वमा गर्न कांग्रेसको सुझाव
नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापना कार्य प्रदेश तथा स्थानीय सरकारको नेतृत्वमा गर्न सरकारलाई सुझाव दिएको छ ।
मन्त्रीका अङ्गरक्षक मृत फेला
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् ।
संसद् भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन
सभामुख देवराज घिमिरेले निर्माणाधीन सङ्घीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
नगरकोटमा तीनदिने सडक महोत्सव
भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिने भएको छ ।
चार महिनामा नौ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन
काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलाप गर्ने कम्पनी तथा फर्मलाई जरिवाना गरी नौ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
चिकित्सक कुटपिटको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीलाई एक करोडको चेक हस्तान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वाणिज्य बैंकले एक करोड रुपियाँको चेक हस्तान्तरण गरेको छ ।
नेपाल र यमनबिचको विश्वकप छनोट खेल मङ्सिरमा हुने
विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार आगामी मङ्सिर ५ गते बेलुकी ७ बजे काठमाडौँको दशरथ रङ्गशालामा खेल हुनेछ। यसअघि नेपालले युएईसँग घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ।
जुवाखालमा छापा : २४ जना नियन्त्रणमा
तिहार नजिकिँदै गर्दा चेकजाँच र अवैध क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको चितवन प्रहरीले रत्ननगर १५ माधवपुर र भरतपुर २८ बाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३० हजार रुपियाँ नगदसहित २४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन
दोदा जलाधार क्षेत्रका सबै १० स्थानीय सरकारहरूबिच विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तरस्थानीय तहस्तरीय संयन्त्रमार्फत सम्बोधन गर्न दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको छ ।
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र : सुरक्षाविद् थापा
सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताउनुभएको छ । उहाँले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताउनुभएको हो ।
आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण
आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गर्नु भएको छ ।
एमालेले डाक्यो सचिवालय बैठक
नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो ।
भूकम्प पीडितका लागि नेकपा एसबाट २५ लाख सहयोग
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागी नेकपा समाजवादी केन्द्रले २५ लाख रुपियाँ सहयोग गरेको छ ।
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कालिन्चोक अतिक्रमण: एक सय ४२ जनाले पेस गरे लिखित जवाफ
दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिन्चोकको कुरीमा अतिक्रमण गरी बनेका संरचनाको विषयमा १४२ जनाले लिखित जवाफ पेस गरेका छन् ।
कैलाशमा सडक सञ्जाल विस्तार हुँदै
मकवानपुरको कैलाश गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय सरकारको लगानीमा सडक विस्तार भइरहेको छ । गाउँपालिकाको केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्ने र विभिन्न वडामा सडक सञ्जाल विस्तारका लागि सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो ।