हेटौँडा कपडा उद्योगमा सेना र सरकारको चासो
हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड बन्द भएको दुई दशकभन्दा बढी भइसकेको छ । लामो समयदेखि बन्द रहेको कपडा उद्योग सरकार परिवर्तनसँगै नीति र कार्यक्रममा बन्द र रुग्ण पुनः सञ्चालनको सूचीमा परेसँगै चर्चामा आउने गरेको छ । पछिल्लो समय नेपाली सेनाले बन्द भएर खण्डहर अवस्थामा पुगेको सो उद्योग सञ्चालनमा चासो देखाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएसँगै सरकारले पनि बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनका लागि तयारी थालेको छ ।
निःशुल्क पार्किङलाई निरन्तरता दिने अडानमा महानगर
काठमाडौँ महानगरपालिकाले धरहराको भूमिगत तल्लो तलामा सञ्चालनमा ल्याएको निःशुल्क पार्किङ सेवालाई निरन्तरता दिने देखिएको छ । निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ सेवा सञ्चालन नगर्न सहरी विकास मन्त्रालयले पठाएको पत्रको जवाफमा काठमाडौँ महानगरपालिकाले सेवालाई निरन्तरता दिने बताएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले पहिलो पटक माघ १४ गते महानगरपालिकालाई पत्राचार गरेको थियो । महानगरले लिखित वा मौखिक कुनै जवाफ नपठाएपछि सो एकाइले माघ १८ गते पुनः महानगरपालिकालाई पत्राचार गरेको थियो।
छुट्टै पोसाकमा गर्भवती प्रहरी
प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती हुनुहुन्छ । केही अघिसम्म प्रहरी पोसाकबिनै उहाँ कार्यालय जानुहुन्थ्यो । अहिले भने उहाँ बेग्लै पोसाकमा कार्यालय जानुहुन्छ । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उहाँ जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् ।
मुलुकको आर्थिक अवस्था कहालीलाग्दो : पूर्वअर्थमन्त्री पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था अहिले छियाछिया परी कहालीलाग्दो बनेको बताउनुभएको छ ।
आपत्कालीन सेवाका लागि एकीकृत प्रणाली बनाइँदै
अफ्ठेरोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपत्कालीन सेवा लिन सक्नेगरी एकीकृत प्रणाली विकास गरिने भएको छ।
कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ ।
नेपाल भूतपूर्व सैनिक सङ्घको तदर्थ समितिमा ७९ सदस्य थप
नेपाली कांग्रेसले नेपाल भूतपूर्व सैनिक सङ्घको तदर्थ कार्यसमितिमा ७९ सदस्य थप गरेको छ ।
सोमबार देशभरका सिनेमा घर बन्द
सोमबार देशभरका सिनेमा घरहरू बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् ।
शिशुलाई एनआइसियुमा भर्ना गर्नुपरेमा लगभग ४८ हजार खर्च हुने
नवजात शिशु बिरामी भएर अस्पतालको सघन उपचार कक्ष (एनआइसियु) मा भर्ना गर्नुपरेमा लगभग ४८ हजार खर्च हुने एक अध्ययन देखाएको छ ।
पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
अवैधरुपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरुपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
नेप्से परिसूचक बढ्यो
यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो ।
निगमका काठमाडौँ-दिल्ली-काठमाडौँ मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट
नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ-दिल्ली-काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
छ महिनामा करिब तीन अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
जहाँ ५६ डिग्रीको तातोपानी निस्कन्छ
अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ । अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रूपमा विकास भएको हो ।
रक्तदाता मैनालीद्वारा दुई सय छ पटक रक्तदान
विश्व रक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गर्नुभएको छ ।
तीन कविलाई व्यथित काव्य सम्मान
साहित्यिक पत्रकार सङ्घले समकालीन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गर्नुभयो ।
लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश
वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उहाँले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिनुभयो ।
दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु
उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ ।
काठमाडौंका सडकमा एक हजार २६ वटा स्मार्ट लाइट जडान, १७७ वटा नयाँ पोल
महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली– माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल–बौद्ध सडकखण्डमा ९९ वटा वत्ती जडान गरिएका हुन् ।
त्रिहत्तर बोरा अप्रशोधित गाँजासहित तीन पक्राउ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अवैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचमा खटिएको प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
यमुनाडाँडामा सुविधासम्पन्न स्वास्थ्यचौकी
सुनकोशी गाउँपालिका–४ मा सुविधासम्पन्न यमुनाडाँडा स्वास्थ्यचौकी निर्माण गरिएको छ ।
काठमाडौँका सडकमा एक हजार स्मार्ट लाइट जडान
काठमाडौँ महानगरपालिकाले यहाँका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महाराजगन्ज- लैनचौर- जमल खण्डमा ३१८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र- बालुवाटार- नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर- थापाथली - माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल - बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएको जनाएको छ ।