• २२ कात्तिक २०८२, शनिबार

नेपालद्वारा भारत ९२ रनले पराजित

blog

काठमाडौँ, कात्तिक २२ गते । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । 

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । भारतका लागि भरत चिप्ली र प्रियाङ्क पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात/सात रन बनाउनुभयो । 

नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुईदुई दुई विकेट लिनुभयो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । 

नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाउनुभयो । यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।