हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
‘जनसाङ्ख्यिक परिवर्तनको विश्लेषण गर्न जनसङ्ख्या अध्ययन अत्यावश्यक’
जनसङ्ख्याविद्ले बढ्दो जनसाङ्ख्यिक असन्तुलन र आप्रवासनका कारण भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।
नेप्से परिसूचकमा ओरालो यात्रा जारी
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ ।
देवघाटमा मोटरबोट सञ्चालन
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्
कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् ।
आज उल्कावर्षा, खुला आँखाले हेर्न सकिने
आज 'भूतप' उल्कावर्षा हुने भएको छ । बिहीबार राति देखिने उल्का वर्षा उत्कृष्ट अवस्थामा पुग्ने भएकाले नेपालबाट पनि अवलोकन गर्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिकाद्वारा प्राधिकरणलाई दश लाख बक्यौता रकम प्रदान
बुढानीलकण्ठ नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई दश लाख रुपियाँ विद्युत महसुल बापतको बक्यौता रकम प्रदान गरेको छ ।
चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग
कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
पूर्वी मकवानपुरमा ९४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपाल अन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुरले बागमती गाउँपालिका–८ को भैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो ।