तस्बिरमा श्री पचली भैरवको खड्ग सिद्धी जात्रा
हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्राको खड्ग सिद्धी नाच अहिले काठमाडौँको विभिन्न टोलमा नाच्नेकाम भइरहेको छ ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काद्वारा सेनाको सबुज गण निरीक्षण
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिबार नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गर्नुभएको छ ।
विद्युत रोयल्टीबापत सरकारले उठायो तीन अर्ब १५ करोड ५१ लाख
सरकारले विभिन्न जलविद्युत आयोजनाबाट तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ ।
मुलुक कांंग्रेसकै नीतिअनुसार चलेको छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताउनुभएको छ ।
आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पार्नुभयो । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’’
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।
दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी बल
नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
सम्झनामा गायक वैद्य
‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित हुनुभएको छ । शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उहाँको कालजयी वि.सं.२०४२ मा रेकर्ड भएको थियो ।