नयाँ बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबिचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा
वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आउनुभएको छ । उहाँ शुक्रबार बिहान काठमाडौं ओर्लिनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गर्नुभयो ।
नेपाल र चीनबिचका सम्बन्धमा बौद्धधर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्धधर्म एक चम्किलो धागोका रूपमा रहेको बताउनुभएको छ ।
सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो ।
परराष्ट्र मन्त्री डा. देउवा र युरोपियन युनियनका कमिसनरबिच भेटवार्ता
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युरोपियन युनियनका कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बिहीबार ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ।
कृषि क्षेत्र सरकारको प्राथमिकतामा
। सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सङ्घीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । मन्त्री अ
खुम्बु क्षेत्रमा सङ्घले उडान नरोक्ने
वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि सङ्घले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो ।
पत्रकार महासङ्घको निर्वाचन आज
नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
‘देशलाई आत्मनिर्भर बनाउन अगाडि बढ्नुहोस्’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
ज्येष्ठ नागरिकमा जलवायु प्रभाव
जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्वपूर्ण विश्वव्यापी चुनौतीमध्ये एक हो ।
जम्बिजको कथा ‘अन्तिम यात्रा’
डान्सिङ समूह ‘दी कार्टुन्ज क्रु’ ले वेब सिरिज ‘अन्तिम यात्रा’ को पोस्टर सार्वजनिक गरेको छ ।
‘९६ गड्डी’ माथि अन्तर्क्रिया
नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल स्रष्टा समाजसँगको सहकार्यमा समकालीन नेपाली उपन्यासका स्वर तथा प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ माथि अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
नेपाल प्रहरीका आठ जना डिआइजीको सरुवा
नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको छ ।
सिन्डिकेट अन्त्य गर्न माग
नेपाल स्वास्थ्य व्यवसायी सङ्घले सरकारसँग वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट प्रणालीको अन्त्य हुनुपर्नेलगायतका नौबुँदे माग राखेको छ ।
एनपिएलः आज दुई खेल हुँदै
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग [एनपिएल]मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा काठमाडौँ विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
औषधीसम्बन्धी विधेयक अन्तिम चरणमा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधीसम्बन्धी विधेयक अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
चक्रपथमा आकासे पुलको निर्माण अलपत्र
चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ ।
पत्रकार महासङ्घको निर्वाचन आज
नेपाल पत्रकार महासङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ ।
जलवायु न्यायका पक्षमा सहयोगको अपिल
परराष्ट्रमन्त्री डा. आरजु राणासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ ।
लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।
सार्वजनिक बिदा कटौती गरौंः सांसद सिंह
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले सार्वजनिक बिदा बढी भएका कारण सेवाग्राही नागरिकलाई समस्या भएको बताउनुभएको हो ।
‘नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम आवश्यक’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको छ ।
त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिनुभएको छ ।
उपप्रधानमन्त्री सिंह बञ्चरेडाँडामा
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्नुभएको छ । उहाँले बिहीबार स्थलगत अवलोकन गरी बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिनुभएको छ ।