काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहको विजयी र्याली (फोटो फिचर)
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएका वालेन्द्र साह काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भएको छ । निर्वाचित अधिकृतको कार्यालयले उहाँ निर्वाचित भएको घोषणा गरेसँगै प्रमुख वालेन्द्र साहको विजयी उत्सव मनाइएको छ ।
काठमाडौं महानगर–१५ मा एकीकृत समाजवादीका डङ्गोल विजयी
काठमाडौं महानगरपालिका–१५ को वडाअध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का ईश्वरमान डङ्गोल विजयी हुनुभएको छ । उहाँले तीन हजार ४७४ मत ल्याउनुभयो ।
गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार
गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो ।
एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु
एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका १३ मा एमालेका मानन्धर विजयी
काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले तीन हजार १२४ मत ल्याउनुभयो ।
काठमाडौं १७ मा कांग्रेसका मानन्धर विजयी
काठमाडौं महानगरपालिका वार्ड नम्बर १७ को वडाअध्यक्षमा नेपाली कांग्रेसका नवीन मानन्धर विजयी हुनुभएको छ । उहाँले दुई हजार ७०८ मत ल्याउनुभयो ।
काठमाडौं प्रमुखमा वालेन्द्रको मत ५९ र उपप्रमुख सुनिताको ६६ हजारभन्दा बढी
काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार बिहान ७ः४५ बजेसम्म एक लाख ८३ हजार ६७९ मतगणना हुँदा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याउनुभएको छ ।
‘कीर्तिपुरको कला–संस्कृति संरक्षणमा जोड दिनेछु’
कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित राजकुमार नकर्मीले पदवहाली गरेसँगै कीर्तिपुर नगरवासीको स्वास्थ्योपचारमा ५० प्रतिशत सहुलियत दिने घोषणा गर्नुभएको छ । उहाँले आधारभूत आवश्यकताअन्तर्गत पर्ने स्वास्थ्योपचारलाई प्राथमिकतामा राखेर छुट गर्नेगरी कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमार्फत नगरवासीको उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
४० वटा विद्युतीय बसबाट साझाले सेवा विस्तार गर्दै, सडकको अवस्था परीक्षण सुरु
साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ । व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरी रात्रीकालिन अवस्थामा सडकको अवस्था परीक्षण सुरु गरेको जनाएको हो ।