बैतडीका स्थानीय तहको बजेट पाँच अर्ब ३५ लाख
बैतडीको चार नगरपालिका र ६ गाउँपालिकाले आ.ब. २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पाँच अर्ब ३५ लाख ३० हजार रुपियाँ बराबरको बजेट ल्याएका छन् । शुक्रबार सम्पन्न गाउँसभा तथा अधिवेशबाट स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकता दिएका छन् ।
सुदूरपश्चिमका स्थानीय तहले ल्याए बजेट
सुदूरपश्चिम प्रदेशका स्थानीय तहले आगामी वर्षका लागि बजेट ल्याएका छन् । सुदूरपश्चिममा ८८ स्थानीय तह रहेकोमा अधिकांश पालिकाले बजेट प्रस्तुत गरेको अनुमान छ । संवैधानिक व्यवस्थाअनुसार नगर तथा गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्षले आगामी वर्षको अनुमानित आय व्यय विवरण नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् । शुक्रबार प्रस्तुत गरिएको बजेटमाथिको छलफल भने केही दिनसम्म जारी रहनेछ । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी १३ पालिका रहेको कैलालीका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । विगतमा मोहन्याल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेको थिएन ।
धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब ८३ करोड
कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि एक अर्ब ८३ करोड ८९ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला राना थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
अबैध सालको गोलिया बरामद
कैलालीमा सात गोरुगाडासहित ३० थान सालको गोलिया बरामद भएको छ । बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाबाट शुक्रबार बिहान गोरुगाडामा लोड गरेर ल्याउँदै गरेको २१९.९० क्युफिट काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ ।
कैलारी गाउँपालिकाको बजेट ५९ करोड २५ लाख रुपियाँ
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
मनसुनसम्बन्धी कार्ययोजना लागू
सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ लागू गरेको छ । प्रदेशमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका विपत्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले सो कार्ययोजना लागू गरेको हो ।
सुदूरपश्चिमका तराई जिल्लामा सुरुभयो रोपाइँको चटारो
सुदूरपश्चिम प्रदेशको लागि अन्न भण्डार मानिने तराईमा किसानले रोपाइँ सुरु गरेका छन् । रोपाइँका लागि पर्याप्त हुने पानी नपर्दा पनि अन्य उपाय गरी कैलाली, कञ्चनपुरका किसानले रोपाइँ सुरु गरेका हुन । यो प्रदेशमा अझै मनसुन आइपुगेको छैन । तर, ब्याड तयार भएपछि किसानले रोपाइँ गर्न थालेका छन् ।
घोडाघोडी तालको बाँध तथा पार्क निर्माणकार्य अधुरो
विश्व सिमसार क्षेत्र, जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी तालको बाँध पुनःनिर्माण तथा प्रवेश पार्क निर्माण कार्य अधुरो हँुदा बर्षातमा क्षतीपुग्ने भन्दै स्थानीयहरुले सरकारलाई उचित कदम चाल्न आग्रह गरेका छन् ।
सुदूरपश्चिमको बजेटमा सत्तापक्ष असन्तुष्ट
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ।