डोटी बोगटान फुडसिल गाउँपालिका गगुडाको सुन्दर बस्ती
डोटीको बोगटान फुडसिल गाउँपालिकामा– ६ गगुडामा रहेको सुन्दर बस्ती । गाउँपालिकाले खरको छानामुक्त अभियान अन्तर्गत स्थानीयलाई घर छाउन जस्तापाता बितरण गरेसँगै स्थानीयको बर्सेनि खर काट्न भिर धाउनु पर्ने र आगलागीको डर हटेको छ । तस्बिर : डिलबहादुर सिंह/डोटी ।
सुदूरपश्चिममा अझै विद्यार्थीको हातमा पुगेन पुस्तक
नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यहाँको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको हात खाली रहेको बताएको छ ।
प्रमुख र उपप्रमुख दुवै पदमा एमाले उम्मेदवार अगाडि
बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना सुरु भएको छ । अहिलेसम्म ४०० मत गणना हुँदा नेकपा (एमाले) बाट मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १८९ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका उम्मेदवार रङ्गबहादुर खातीले १८५ मत ल्याएर पछ्याइरहनुभएको निर्वाचन अधिकृत हस्तबहादुर कडायतले जानकारी दिनुभयो ।
मोसो दलेपछि सामुदायिक वनका अध्यक्षमाथि छानबिन सुरु
सामुदायिक वनका अध्यक्ष सर्वजित मडैले २२ लाख रुपियाँ हिनामिना गरेको आरोप लगाउँदै नेकपा (बहुमत) का कार्यकर्ताले मोसो दलेका छन्।
बूढीगङ्गामा मतगणना सुरु
बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न भएको स्थानीय सदस्य निर्वाचनको मतगणना गर्नका शुक्रबार बिहान १० बजे बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपछि मतगणना कार्य सुरु भएको हो ।
टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
कैलालीको टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गर्नुभएको हो ।
‘योजना छनोटमा आर्थिक चलखेल’
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताउनुभएको छ । प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले प्रश्न उठाएका थिए । अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित कार्यालय प्रमुख र पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले भन्नुभयो, “म यहाँबाट गएर स्पष्टीकरण सोध्ने वा सचेत गराउने कुरा गर्छु ।”
दूध दिउन्जेल स्याहार, नदिए अत्याचार
बैतडीको पाटनमा यही असार दोस्रो हप्ता भिरालो जङ्गलमा रुखको जरामा बाँधेर राखिएको गाईको स्थानीय युवाले उद्धार गरे । जिल्ला समन्वय समितिका सदस्य करन कडायतले भीरमा गाई बाँधेको देखेपछि उद्धारको पहल भएको थियो ।उद्धारकर्ता लवदेव जोशीले उक्त दृश्यको वर्णन गर्दै भन्नुभयो, “बूढो गाई हत्केलाजस्तो भीरमा उभिएको थियो । गाईको आँखामा आँसु र कचेरा भरिएका थिए । खुट्टा कापिरहेका थिए । त्यो गाईको उद्धार गर्दा हाम्रा पनि आँखा रसाए ।”
बाजुराको बूढीगंगा नगरपालिकामा ६६.७५ मत खस्यो
बाजुराको बूढीगंगा नगरपालिकामा आज भएको निर्वाचनमा नौ हजार ११७ अर्थात ६६.७५ प्रतिशत मत खसेको छ । बूढीगंगामा १३ हजार ६५९ जना मतदाता रहेका थिए ।