• १९ असार २०८१, बुधबार

मोसो दलेपछि सामुदायिक वनका अध्यक्षमाथि छानबिन सुरु

blog

फाइल तस्बिर

पुष्कर भण्डारी

डडेल्धुरा, असार २४ गते। सामुदायिक वनका अध्यक्ष सर्वजित मडैले २२ लाख रुपियाँ हिनामिना गरेको आरोप लगाउँदै नेकपा (बहुमत) का कार्यकर्ताले मोसो दलेका छन्।

डडेल्धुराको भित्री मधेश क्षेत्र आलिताल गाउँपालिका-३ को तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैलाई मोसो दलेपछि छानबिनका लागि उहाँलाई डिभिजन वन कार्यालय डडेल्धुराले कार्यालयमा झिकाएको छ।

शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो। मडैलाई वन कार्यालयमा बोलाई अनुसन्धान भइरहेको ठाकुरको भनाइ छ।

उहाँले भन्नुभयो, ‘‘अनुसन्धान गरिरहेका छौं, मडैले २२ लाख रुपैयाँ हिनामिना गरेको स्वीकार गरिसक्नु भएको छ।’’

बिहीबार राति धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले अध्यक्ष मडैलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेको स्थानीय प्रकाश पार्कीले बताउनुभयो।

अध्यक्ष मडैले किर्ते कागज बनाई सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपियाँ निकालेर हिनामिना गरेको वन कार्यालयले जानकारी दिएको छ।

सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा नेकपाका कार्यकर्ताले दलेको कालोमोसो। तस्बिर : पुष्कर भण्डारी