कैलालीका ८५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप
कैलालीका पाँच वर्षदेखि १२ वर्षमुनिका ८५ हजार बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
नगर प्रमुखद्वारा प्रहरीमा आत्मसमर्पण
बालक हत्या आरोपमा फरार रहनुभएका पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले अछाम प्रहरीमा आत्मसमर्पण गर्नुभएको छ । चलाउनेसँगै घटनाका अर्का आरोपी नेत्रबहादुर शाहीले पनि प्रहरीमा आत्मसमर्पण गर्नुभएको अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
कृषिको रैथाने संरक्षण अभियानमा अभियन्ता ढकाल
गाउँको उत्पादन शहरमा, रैथाने खाना घर–घरमा भन्ने अभियानकासाथ संरक्षणकर्मी तिलक ढकाल अहिले नेपालका विभिन्न जिल्लामा उत्पादित रैथाने वस्तुलाई शहरका उपभोक्ता माझ पु¥याउन व्यस्त हुनुहुन्छ ।
अछाममा पाँच दलद्वारा यातायात बन्द
बालक हत्या घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै अछाममा पाँच दलले जिल्लाभर चल्ने सवारी साधनमा रोक लाएका छन् । यातायातमा रोक लाउँदा जिल्लाभित्र र जिल्ला बाहिर चल्ने सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।
उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका
कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ । यसका लागि नगरपालिकाले बजार अनुगमनलगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ । अनुगमनका क्रममा कैफियत देखिए कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाउँदै आएको छ ।
विकासमा विद्यार्थीसँग सहकार्य
खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धनमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने भन्दै शैक्षिक संस्थासँग सहकार्य गर्न थालिएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले पर्यटन प्रवद्र्धनका विविध उपायको खोजीका क्रममा विद्यार्थीसँग सहकार्य गर्न लागिएको हो ।
मानसिक समस्या भएका महिला असुरक्षित
मानसिक अवस्था ठीक नहुँदा घर छाडेर हिँडेकी एक महिलाले बच्चा जन्माउनुभयो । बैतडीको मेलौली घर भएकी ती महिलालाई बच्चाको बाबु को हो थाहा छैन । ती महिलामा बलात्कार भएर गर्भ रही बच्चा जन्मेको शङ्का छ । स्वास्थ्य कार्यालय बैतडीको पहलमा ती महिला र बच्चाको उद्धार गरेर उपचार भइरहेको छ ।
कैैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गरिदैं
गत वर्ष कात्तिकमा आएको बाढीबाट धानबालीमा क्षति व्यहोरेका कैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ ।
कैलालीको हँसुलियामा भेटियो दुर्लभ सेतो भँगेरा
कैलालीमा सेतो भँगेरा फेला परेको छ । कैलारी गाउँपालिका–१ हसुलिया बजारमा आँखा बाहेक प्वाँख सेतो रहेको भँगेरा फेला परेको हो । फोटोग्राफर कुलराज चौधरीले शुक्रबार सो भङ्गेरा फेला पार्नुभयो ।