बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच मतदान सुरु
बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः निर्वाचन तय भएको हो ।
बेसहारा ताराका लागि न घर, न वृद्धाश्रम
श्रीमान् बेपत्ता भएको ३० वर्ष भयो । सहारा दिने दुई छोरी पराइघर गए । ओत लाग्ने एउटा जीर्ण घर पनि असारे झरीले भत्काएपछि ६८ वर्षीया तारा भट्टको बिचल्ली भएको छ । दशरथचन्द नगरपालिका–२, कठपतेनजिकै रहेको सुतेगाड निवासी भट्टको घर भत्केपछि तारा भट्ट बिचल्लीमा पर्नुभएको छ ।
तुइन चुँडिएर वेपत्ता बुढाथाेकीको खोजी गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका वडा नम्बर २ मा भारतबाट तुइनदेखि नेपालतर्फ आउँदै गर्दा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना सङ्क्रमण
गत जेठमा कोरोनामुक्त घोषणा भएको सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतबाट फर्किएका र स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको प्रादेशिक स्वास्थ्य निर्देशनालय धनगढीले जनाएको छ ।
चुनावमा एमालेले बृहत्तर परिणाम ल्याउने दाबी
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मतका आधारमा स्थानीय तह निर्वाचनबाट एमाले नै ३४ प्रतिशत मत ल्याएर सबैभन्दा ठूलो पार्टी बनेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तह निर्वाचनमा चुनावी सत्तारूढ दलको गठबन्धनबाट नेपाली कांग्रेसले मात्रै फाइदा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले ३३ प्रतिशत मत पायो, अघिल्लो चुनावमा १७ प्रतिशत मत पाएको माओवादीले १३ प्रतिशत मात्रै पायो, नेकपा (एकीकृत समाजवादी)ले चार प्रतिशत मत पाएको छ ।
सिमलको रुखले रोकिएको सडक निर्माण
सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा दुई वटा सिमलको रुख हटाउन नसक्दा भने निर्माण चार वर्षभन्दा बढी समय गुजार्नुपर्यो ।
घाटगद्दी ग्रेडिङमा नयाँ पद्धति
कैलालीमा काठको घाटगद्दी व्यवस्थापनमा नयाँ पद्धति सुरुवात गरिएको छ । सो पद्धतिले उपभोक्तालाई घाटगद्दीमा राखिएका काठको अवस्थाबारे बुझ्न सजिलो भएको छ ।डिभिजन वन कार्यालय पहलमानपुरले वन व्यवस्थापन पद्धतिबाट उत्पादित गोलिया काठमा सर्वसाधारणसमेतले स्पष्ट बुझ्ने गरी गोलियाको नम्बरिङ, ग्रेडिङ तथा पाइलिङ गर्ने नयाँ पद्धति सुरुवात गरेको हो ।
पहिरोमुनि स्वास्थ्य चौकी : डरैडरमा सेवा दिँदै स्वास्थ्यकर्मी
खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले पहिरोले पुर्ला कि भन्ने डरैडरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । असारको १३ गते स्वास्थ्य चौकीमाथिबाट आएको पहिरोले बर्थिङ सेन्टर पुरिदिएको थियो । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकी कतिखेर पहिरोमा पर्ला भन्ने डरैडरमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । बिरामीको उपचार गर्नेबेला बाहिर एक जनालाई पहिरो हेर्न राखेर स्वास्थ्य चौकीभित्र बस्नुपर्ने अवस्था रहेको डोगडी स्वास्थ्य चौकीका प्रमुख दलबहादुर रावतले बताउनुभयो ।
विनोद शाही मृत्यु प्रकरण : झडपमा प्रहरी र आन्दोलनकारी घाइते
१६ वर्षीय विनोद शाहीको हत्या भएको भन्दै आन्दोलनरत पक्ष र प्रहरीबीचमा झडप हुँदा दुवै पक्ष घाइते भएका छन् ।