उम्मेदवार घरदैलोमा व्यस्त
उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्दै घरदैलोमा पुग्न थालेसँगै सर्लाहीमा चुनावी रौनक बढेको छ । अहिले सबै राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मत माग्दै मतदाताको घरघरमा पुगिरहेका छन् । जिल्लाको ११ वटा नगरपालिका र नौवटै गाउँपालिकामा चुनावी माहोल तातेको छ ।
‘भूमिहीनका समस्या गठबन्धनले समाधान गर्छ’
नेपाली काँग्रेसकी नेत्री आरजु राणाले केन्द्रमा रहेको गठबन्धन सरकारले निर्णय गर्ने र टीकापुरमा पनि तीन दलको गठबन्धन भएकाले सबै प्रक्रिया मिलाएर अर्को चुनावअगाडि नै भूमिहीनले जग्गा पाउने आश्वासन दिनुभएको छ ।मङ्गलबार टीकापुर नगरपालिका–१ को शिवनगरमा भएको गठबन्धनका उम्मेदवारको चुनावी सभामा बोल्दै राणाले यहाँको सुकुम्बासी शिविरमा बसेकाहरूको घरछाप्रा देखेर दुःख लागेको र सकेसम्म चाँडै समस्या समाधान गर्ने र लालपुर्जा बाँड्ने दिनमा आफू पनि आउने बताउनुभयो ।
नाचगान गर्दै मतदाता रिझाउँदै
स्थानीय सरकारमा जनताका प्रतिनिधि चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनको रौनक बढेको छ । दलहरूले चुनाव लक्षित गतिविधि बढाएपछि कैलालीमा पनि चुनावी रौनक बढेको हो । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दलहरूले नाचगान गर्दै मतदाता रिझाउने कार्य गरिरहेका छन् ।
तीन दिनदेखि अवरुद्ध सञ्चार सेवा सुुचार
तीन दिनदेखि अवरुद्ध रहँदै आएको सञ्चार सेवा सुचारु भएको छ । कालिकोट जिल्लाको महावुलेकमा रहेको नेपाल टेलिकमको टावरको मर्मतपछि हुुम्लाको अवरुद्ध सञ्चार सेवा सुचारु भएको हो ।
मतपत्र आइपुग्यो, निर्वाचन सामग्री पठाउने तयारी
स्थानीय तह निर्वाचनमा दार्चुलाका लागि आवश्यक पर्ने मतपत्र जिल्ला सदरमुकाम खलङ्गा आइपुगेको छ । दार्चुलाका नौवटै स्थानीय तहका लागि ९० हजार नौ सय मतपत्र आइपुगेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।दार्चुलामा मतपेटिकालगायत सामग्री यसअघि नै आइपुगेका छन् । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार निर्वाचन सामग्री गाउँ पठाउने तयारी भइरहेको छ, धामीले भन्नुभयो । उहाँले निर्वाचनका लागि चाहिने आवश्यक सामग्री दार्चुला आइपुगेको र सबै सामग्री चेकजाँच गरेर प्याकिङको काम भइरहेको जानकारी दिनुभयो । वैशाख २७ गतेभित्र सबै स्थानीय तहका निर्वाचन स्थल र मतदान केन्द्रमा
धनगढी उपमहानगरपालिकामा वडकै आवश्यकता : नेत्री देउवा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले धनगढीका नगर प्रमुख नृपहादुर वडले देशभरमै उत्कृष्ट काम गरेकोले फेरि वडलाई नै उम्मेदवार बनाइएको बताउनु भएको छ ।
अग्निपीडित मुक्त कमैयाको घर प्रदेश सरकारले बनादिने
अविनाश चौधरीधनगढी, वैशाख १९ गते । अग्निपीडित कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरवासी मुक्त कमैयाको घर सुदूरपश्चिम प्रदेश सरकारले बनाउने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्निपीडित मुक्त कमैयाको घर बनाउने भएको हो । गएको आइतबार गहुँको नालमा लागेको आगो सल्केर मुक्त कमैयाको घर जलेको थियो ।आगलागी भएको विपतपुर बस्तीको अनुगमन गर्नुहुँदै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगलागी पीडित मुक्त कमैयाका घर प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेर अग्निपीडित मुक्त कमैयाको घर निर्माण गरिने बताउनुभएको छ । प्रदेश सरकारले विपन्न समुदाय र वर्गका परिवारका लागि एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत घर निर्माण गर्दैआएको छ । आगलागीबाट पूर्ण क्षति भएका घरपरिवारलाई प्रदेश सरकारले तत्काल प्रतिपरिवारलाई ५० हजार रुपियाँ राहत दिने प्रतिबद्धता जनाएको छ । यसैगरी, निःशुल्क रुपमा धानको बीउ र तत्काललाई घर बनाउन निःशुल्क काठ पनि उपलब्ध गराइने भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले बताउनुभयो । सो बस्तीका मुक्त कमैयाले लालपुर्जा नपाएकाले प्रदेश सरकारले लालपुर्जासहित घर निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो । ‘सरकारले यसै ठाउँको लालपुर्जासहित घर निर्माण गरेर हस्तान्तरण गर्नेछ’, उहाँले भन्नुभयो । वैशाख ११ गते दिउँसो विपतपुर मुक्त कमैया बस्तीमा आगलागी भएको थियो । आगलागीबाट पूर्ण, आंशिक गरी ७१ घरमा क्षति भएको छ । सो गाउँका भलमन्सा हिङ्गु चौधरीका अनुसार आगलागीबाट २७ घर पूर्ण रुपमा जलेर खरानी भएको छ । १२ घर आंशिक रुपमा जलेका र आगलागीबाट जोगाउन डोजरले संरचना हटाउँदा ३२ घरमा आंशिक क्षति भएको छ । पूर्ण र आंशिक रुपमा घर जलेका मुक्त कमैयाको खाद्यान्न, लत्ताकपडा, नगद, गरगहना, कृषि उपकरण जलेर नष्ट भएको छ । यस्तै, केही परिवारका पशु चौपाया पनि मरेका छन् ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
डोटीको शिखर नगरपालिका–१ गरेपानी नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साथै एक जना गम्भीर घाइते भएका छन् ।
दार्चुलामा सञ्चार र विद्युत सेवा अवरुद्ध
दार्चुलामा शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध बनेको छ । दार्चुलासहित सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।