कैलालीको तीन पालिकामा चार वडाअध्यक्ष विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली) जेठ १ गते । कैलालीको घोडाघोडी, बर्दगोरिया र भजनी नगरपालिका तथा गाउँपालिकामा आईतबार दिउँसोसम्म फरक फरक राजनीतिक दलका चार जना वडा अध्यक्ष विजयी भएका छन् ।कैलालीको घोडाघोडी नगरपालिकामा वडा १, २ , र १२ को मतगणना शनिवार विहानबाट शुरु भए तापनि आईतबार दिउँसो वडा नम्बर १२ को मतगणना सकिएसँगै नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रामदुलारे चौधरीको प्यानल विजयी भएको छ । उहाँले नेकपा एमालेका खडकबहादुर चौधरी (उमार)लाई ४७५ मतको अन्तरले पछि पार्दै विजय हुनुभएको हो । विजयी चौधरीले आठसय २६ मत प्राप्त गर्नुभएको छ ।सहायक निर्वाचन अधिकृत उमेशराज रेग्मीले घोडाघोडीको १२ वटा वडामा जम्मा खसेको मत ३३ हजार ६४९ रहेको जानकारी दिनुभयो । आईतबार साँझसम्म सात हजार मत गणना भएको जनाउदै उहाँले वडा नम्बर २ र १ को मतपरिणाम सोमबार दिउँसोसम्म आउन सक्ने बताउनुभयो । घोडाघोडी नपाको प्रमुखमा नेकपा समाजवादीले अग्रता लिएको छ भने उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।त्यसैगरी बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ र ६ मा समेत वडाअध्यक्ष दुई फरक पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । वडा नम्बर १ मा एमालेका उम्मेदवार मिथुन गौतमले ७९५ मत प्राप्त गर्दै अध्यक्षपदमा विजयी हुनुभएको छ । त्यसैगरी आईतवार दिउँसो सम्मको मतपरिणाममा बर्दगोरिया गाउँपालिकाको वडानम्बर ६ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका रामकृष्ण डँगौरा थारु (रञ्जित) विजयी हुनुभएको छ । बर्दगोरिया गाउँपालिकामा आईतबार साँझसम्म प्रमुखमा एमालेले अग्रता लिएको छ भने उपप्रमुखमा माओवादी केन्द्रले अग्रता लिएको छ ।कैलालीको दक्षिण क्षेत्रमा रहेको भजनी नगरपालिकामा समेत वडाअध्यक्षको मतपरिणाम आउनु शुरु भएको छ । आईतवार दिउँसोसम्म वडा नम्बर ९ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार सन्जिव चौधरीले ९१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सो वडामा जम्मा दुई हजार ९२८ मत खसेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताउनुभयो । गौरिगंगा नगरपालिकामा आईतबार साँझसम्म वडा नम्बर १ र २ को तीनहजार मतगणना भएको छ । प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको अग्रता रहेको बताउदै निर्वाचन अधिकृत निराजन पाण्डेले वडाको अन्तिम परिणाम आइनसकेको बताउनुभयो ।
मुगुमा मिश्रित चुनावी परिणाम
हरिकृष्ण ऐडीमुगु , जेठ १ गते । नेकपा एमाले ३ स्थानमा वडfध्यक्षसहितको प्यानल विजयी भएकाे छ । नेपाली काँग्रेसले हालसम्म २ स्थानमा वडाध्यक्षसहितको प्यानलले विजय हासिल गदै दाेस्राे स्थानमा रहेको छ । नेकपा माओवादीले २ स्थानमा वडाfध्यक्ष विजयी हुँदै तेस्रोमा छ । अन्य कुनै दलले विजय हासिल गर्न सकेको छैन । नेकपा एमालेले छायाँनाथ रारा नगरपालिकाको वाडनम्वर २ मा प्रयोगलाल चौलागाईको प्यानल , १३ मा वीर बहादुर खड्काको प्यानल , मुगमकार्मारोङ गाउँ पालिकाको वडा नम्बर ९ मा रतन बहादुर बुढाको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसबाट छायाँनाथ रारा नगरपालिका १ मा पिआर मल्लको प्यानल विजयी हुनुभएको छ । खत्याड गाउँ पालिकामा नेकपा नेकपा माओवादी र नेपाली काँग्रेस को गठबन्धनबाट वडा नम्बर १मा वडा अध्यक्ष सिंहबहादुर बुढा र वडा नम्बर ११ मा रामकृष्ण कार्की विजयी हुनुभएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँ पालिकामा वैशाख ३० गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म निर्वाचन सम्पन्न भए खतापनि मतगणना भने आज आइतवार बिहान ९ बजे बाट मतगणना सुरु भएको छ । भनि साहायक निर्वाचन सोरु गाउँ पालिकाका निर्वाचन अधिकृत निर्वाचन कार्यालयका विमल आचार्यले जानकारी गराउनुभयो । उहाँका अनुसार मतगणना ढिलो हुनुका कारण स्थानीय कार्यकर्ताबीच झगडा हुँदा समयमै मतगणना हुन नसकेको आचार्यले भन्नुभयो ।
जोशीपुर–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी
अविनाश चौधरीधनगढी, जेठ १ गते । कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ७७३ मत प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको हो । महिला वडा सदस्यमा सरस्वती चौधरी, दलित महिला सदस्यमा धनी विक, खुल्ला सदस्यमा लालबहादुर डङ्गौरा र घनश्याम चौधरी विजयी हुनु भएको छ । यसैगरी, घोडाघोडी नगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रामदुलारे चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ८२६ मत प्राप्त गरेर उहाँ विजयी हुनु भएको हो । महिला सदस्यमा सुनिता चौधरी, दलित महिला सदस्यमा मातादेवी दमाई, सदस्यमा गोपुलदास डङ्गौरा र रामनाथ चौधरी विजयी हुनु भएको छ । यस्तै, टीकापुर नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका ऋषि विक विजयी हुनु भएको छ । सो वडामा वडा सदस्यमा दुई जना नेपाली काङ्ग्रेस र दुई जना माओवादीबाट विजयी हुनु भएको छ ।
वडाध्यक्ष जितेर टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता
अविनाश चौधरीधनगढी, जेठ १ गते । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नवगठीत नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा खाता खोलेको छ । वडा नम्बर ५ मा सो पार्टीबाट प्यानलसहित बलवीर चौधरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो । यसैगरी, गोदावरी नगरपालिका –१२ को वडा अध्यक्षमा गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका भीम खड्का विजयी हुनुभएको छ । ८७९ मत प्राप्त गरेर उहाँ प्यानलसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दबहादुर पुनले ६७५ मत प्राप्त गर्नुभयो ।
अजयमेरु गाउँपालिका–१ र ६ मा कांग्रेसका उम्मेदवार भण्डारीद्वय विजयी
अमयमेरु गाउँपालिका वडा–१ र ६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं. १ मा दत्ति भण्डारी पुनः निर्वाचित हुनुभएको हो । भण्डारी यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
कैलारी १ मा कांग्रेसका बोहरासहित प्यानल विजयी
कैलालीको कैलारी गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ध्वजहरिपाल बोहरा प्यानलसहित विजयी हुनु भएको छ ।
डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेसका साउद विजयी
डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको हो ।नेपाली कांग्रेसका उम्मेदवार भैरब बहादुर साउद २ हजार ३ सय ४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।
प्रधानमन्त्री देउवाको गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिक अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
परशुराम नगरपालिका–२ मा कांग्रेस प्यानलसहित विजयी
पुष्कर भण्डारीडडेल्धुरा, वैशाख ३१ गते । भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–२ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षका उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ । वडा अध्यक्षका उम्मेदवार रमेश बोहरा प्यानल सहित विजयी हुनुभएको हो । उहाँले २८३ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय जोगबुडाले जानकारी दिएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २२९ मत प्राप्त गर्नु भएको थियो । कांग्रेसले यस वडामा विजयी भएसँगै नगर प्रमुखका उम्मेदवारले समेत अग्रता लिनुभएको छ । वडा नं. १ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित हुदा कांग्रेस बाट नगरप्रमुखका उम्मेदवार माओवादी भन्दा पछी पर्नुभएको थियो । वडा नं. २ मा कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार रहनु भएका भरत बडाएर जोशीले ३१९ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका उपप्रमुखले ३०३ मत प्राप्त गर्नु भएको छ । यस्तै माओवादीका नगरप्रमुखले २०३ र उपप्रमुखले १९१ मत प्राप्त गर्नु भएको छ । वडा नं. १ बाट माओवादीका प्रमुख र उपप्रमुखले समान ५२८ मत प्राप्त गर्नु भएको थियो भने नेपाली कांग्रेसका प्रमुखले ४५२ र उपप्रमुखले ३६७ मत प्राप्त गर्नु भएको थियो । अहिले कांग्रेसका उम्मेदवारले कूल प्राप्त गर्नुभएको मतको संख्या ७७१, उपप्रमुखका ६७१ पुगेको छ । यस्तै माओवादी केन्द्रका प्रमुखले ७३० र उपप्रमुखले मत ७१९ पुगेको छ ।