• १९ असार २०८१, बुधबार

कैलालीको थप दुई वडामा काङ्ग्रेसको जित

blog

अविनाश चौधरी

धनगढी, जेठ १ गते । कैलालीको थप दुई वडामा नेपाली काङ्ग्रेसले वडा अध्यक्ष जितेको छ । धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा सो पार्टीका सन्तोष मुडभरी पुनः निर्वाचित हुनुभएको छ । 

यस्तै, कैलारी गाउँपालिका–२ को वडा अध्यक्षमा प्यानलसहित विकास चौधरी निर्वाचित हुनुभएको छ । कैलालीमा नेपाली काङ्ग्रेसले अहिलेसम्म ६ वडा अध्यक्ष जितेको छ । नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले दुई दुई सिट र स्वतन्त्र उम्मेदवारले एक सिट जित्नु भएको छ । 

सत्तागठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।