महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट
कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् । महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ ।
मतदाता शिक्षा नहुँदा अन्योल
स्थानीय तहको निर्वाचन नजिकै आउँदा पनि अछाममा मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्योलमा परेका छन् । मतदाता शिक्षाबिना मत बदर हुने डर मतदातामा रहेको छ । आफूलाई मतदानका लागि घर–घरमा पुगेका उम्मेदवारहरूले पनि मत सदर हुने गरेर कसरी मतदान गर्ने भन्नेमा नबताउने गरेको भनाइ छ ।
सांसदविहीन क्षेत्र कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा
सङ्घीय संसदविहीन कैलाली क्षेत्र नम्बर १ का पालिका निर्वाचन यसपाली कसले जित्ला भन्ने चासो बढेको छ ।
बजेट छ, खर्च छैन
देश केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाबाट सङ्घीयतामा गएपछि राजकीय शक्ति, मानव स्रोत, बजेट र दायित्व तीन तहकै सरकारमा बाँडिएको छ । यस अनुसार सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको भूगोल अनुसार साङ्गठनिक संरचना तयार गरी नागरिकलाई सेवा दिन थालेको छ ।
महाकालीमा बनेका झोलुङ्गे पुल सञ्चालनमा आएनन्
महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुङ्गे पुलको निर्माण सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन सकेका छैन ।
दुई हप्तादेखि महिला बेपत्ता
दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्कनु भएको हो । उहाँ हालसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन ।
विकासका लागि काँग्रेसलाई जिताउनुहोस् : डा. आरजु
नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवाले विकास गर्ने भनेको अहिले स्थानीय सरकारले भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
शीर्ष नेताको चुनावी दौडधुप बढ्दै
स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ ।
नेपाली काँग्रेस र बीपी काँग्रेसबीच प्रतिस्पर्धा
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई डडेल्धुरामा चुनौती थपिएको छ । २०७४ सालको निर्वाचनमा डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये एक नगरपालिका र तीन गाउँपालिकामा विजयी भएको काँग्रेसले पुरानो विरासत जोगाउन निकै मेहनत गर्नुपर्ने देखिएको छ ।