जिसस कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी
जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका पद्म कलेल विजयी हुनुभएको हो ।
पहिरोको कारण बस्ती जोखिममा
बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ५ को पारतोला बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । मनसुन शुरु नहुँदै त्यो बस्तीमाथिबाट लगातार पहिरो बग्न थालेपछि सो बस्ती अहिले जोखिममा रहेको हो ।
‘मल पनि छैन सिँचाइ पनि छैन ’
मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् ।
सुर्नयाको पानी लिफ्ट गरी पाटनमा वितरण
सुर्नया नदीको पानी पिउने पाटनवासीको वर्षौंको सपना पूरा भएको छ । १३ करोड रुपियाँको लागतमा बृहत् खानेपानी योजना पूरा भएसँगै बैतडी जिल्लाको पाटनमा खुसियाली छाएको छ ।
प्रमुख दलका कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा
कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । आज टीकापुरमा आयोजित कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीपकुमार चौधरी सो पार्टीमा प्रवेश गर्नुभयो ।
उमेर बढाएर २७ वर्षदेखि वृद्ध भत्ता बुझेको भेटियो
नेपाली नागरिकताको प्रमाणपत्रमा आफैले जन्म मिति बढाएर २७ वर्षदेखि वृद्ध भत्ता लिनेगरेको रहस्य पत्ता लागेको छ । बैतडीको डिलासैनी गाउँपालिकाका ती बृद्धले २०५२ सालदेखि हालसम्म वृद्ध भत्ता लिनेगरेको पत्ता लागेको हो । वृद्ध भत्ता लिने डिलासैनी गाउँपालिकाका अन्य १२ जना पनि अनुसन्धानको दायरामा छन् ।
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर निर्वाचित
कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित हुनुभएको छ।
अझै बनेन विपत् कार्ययोजना
सुदूरपश्चिम प्रदेशमा यस वर्षात्मा औसतभन्दा बढी ५५ देखि ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको भए पनि विपत् प्रतिकार्य योजना अझै बन्न सकेको छैन । नेपालमा मनसुन भित्रिएको एक हप्ता भइसकेको छ ।
राष्ट्रिय उत्पादनमा सात प्रतिशत योगदान
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आव २०७७/७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा पनि त्यति नै रहने अनुमान छ ।