जिसस गठनमा गठबन्धनको मत अपुग
कैलाली जिल्लाका १३ वटै पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाममा दलहरूले प्राप्त जनप्रतिनिधिको सङ्ख्याअनुसार जिल्ला समन्वय समिति (जिसस) गठनमा गठबन्धनलाई बहुमत अपुग भएको छ । जिसस गठनका लागि प्रमुख÷उपप्रमुखको १४ मत आवश्यक पर्नेमा गठबन्धनले १३ मत मात्र प्राप्त गरेको छ । गठबन्धनको १३ मतमध्येमा पनि मोहन्यालको अध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का देवीदत्त उपाध्यायलाई अख्तियारको मुद्दा लागेकाले शपथग्रहण हुन सकेको छैन ।
‘धनगढी मोडल’मा विकास
‘सुन्दर सुदूरपश्चिम’ अभियानका एक प्रमुख अभियन्ता गोपाल हमाल यतिबेला अभियान सरोकार कार्यान्वयन गर्ने कुर्सीमा पुग्नुभएको छ । सुदूरपश्चिमलाई चिनाउन र समग्र विकासका लागि थालिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियान थालिएको थियो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुँदा हमालले थालेको यो अभियान अझै पनि चर्चामा छ ।
पहिलो सन्तान छोरी जन्माउनेलाई एक हजार भत्ता
कर्मचारीबाट राजीनामा दिएर बैतडीको पाटन नगरपालिका-१० को वडा अध्यक्षमा विजयी हुनुभएका वडा अध्यक्षले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
कैलालीमा स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु
चाँदनी आचार्यघोडाघोडी(कैलाली), जेठ ८ गते । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्याक्टर र सु.प.प्र. ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका थिए । दुर्घटनामा स्कुटरमा सवार लम्कीचुहा–७ की २५ वर्षीया जमुना सिंह घाइते भएकाले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।ट्याक्टर चालक गौरीगङ्गा–७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो । त्यसैगरी, आइतबार विहान कैलालीको लम्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–७ का ३१ वर्षीय जयकुमार न्यौपाने मृत फेला परेको प्रहरीले जनाएकोे छ ।न्यौपाने लम्कीचुहा–१ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएको र मृत्युको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी बन्यो ठूलो दल
२०७२ को टीकापुर घट्नाको दोषी ठहर भएर जेल जीवन विताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल भएको छ । सो पार्टी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको हो ।
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी हुनु भएको छ ।
सुदूरपश्चिममा काँग्रेसको अग्रता पछ्याउँदै एमाले र माओवादी
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये ८१ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार नेपाली काँग्रेसले ३६, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २४, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले १४, नागरिक उन्मुक्ति पार्टीले चार, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दुई र स्वतन्त्र एक जना पालिका प्रमुख विजयी भएका छन् । नेकपा (एमाले)बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका एक जनाले बैतडीको डिलासैनीको प्रमुख जितेका हुन् ।
धनगढी आठको वडा अध्यक्षमा चौधरी विजयी
अविनाश चौधरीधनगढी, जेठ ७ गते । कैलालीको धनगढी उपमहानगरपालिका–८ को वडा अध्यक्षमा नेकपा (एमाले) का जुगराम चौधरी प्यानलसहित विजयी हुनुभएको छ । नेपाली काङ्ग्रेसका उम्मेदवारलाई आठ मतले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको हो । चौधरीले एक हजार ५२ मत प्राप्त गर्नुभयो । उहाँसंँग पराजित काङ्ग्रेसका उम्मेदवारले एक हजार ४४ मत प्राप्त गर्नुभयो । वडा सदस्य पदमा पनि एमालेका उम्मेदवार विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित सुनिश्चित
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ । खसेको ६३ हजार ७१५ मतमध्ये ५६ हजार २२६ मत गणना हुँदा हमालले २४ हजार ५२९ मत प्राप्त गर्नुभएको छ ।