आलिताल गाउँपालिका प्रशासनिक भवनमा आगलागी
भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आलिता गाउँपालिका–५ भिमदत्त नगरमा रहेको पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको छ ।
समन्वय समिति प्रमुखमा गठबन्धनबाट खगेन्द्रसिंह धामी
जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरेर कांग्रेसका खगेन्द्रसिंह धामीलाई प्रुमख बनाउने सहमति भएको छ ।
सुदूरपश्चिमको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश सभामा प्रस्तुत हुनेभएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
कोरोनामुक्त सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश कोरोनामुक्त भएको छ । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएको तीन वर्षपछि सुदूरपश्चिम प्रदेश कोरोनामुक्त भएको हो ।
बाजुरा जिल्लाका स्थानीय तहमा विकास पहिलाे प्राथमिकतामा, एककाे नतिजा बाँकी
शेरबहाुदर सार्कीबाजुरा, जेठ १९ गते । बाजुरा जिल्लाका नौ वटा स्थानीय तह मध्ये आठ स्थानीय तहमा जनप्रतिनिधिको आगमन भए पनि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको छ । वैशाख ३० गते मतदान केन्द्रमा धाँधली भएको विषयमा मतगणना स्थगित गरिएपछि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको हो । तर आठवटा स्थानीय तहमा जनप्रतिनिधिहरुले जनताको विश्वास नटुटाउने गरी विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् ।बाजुराको स्वामिकार्तिक गाउँपालिकाको अध्यक्ष भरतबहादुर रोकायाले सो क्षेत्रमा फोर जी सहितको एनटिसीको टावर निर्माण गर्ने निर्णय गर्नुभएको छ ।बाजुराको छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट जिल्लालाई बेस बनाएर एक बुहप्राविधिक शिक्षालय खोल्ने, कृषि उत्पादन बढाउन कृषक पेन्सन, निःशुल्क एम्बुलेन्स सेवा दिने स्वामिकार्तिकको पहिलो बैठकमा निर्णय गर्नुभएको छ ।त्यसैगरी, बडिमालिका नगरपालिकाले प्रमुख अम्मरबहादुर खड्काले स्वास्थ्य, शिक्षा, खानेपानी, ढल निकास, डम्पिङ साइट व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुभएको छ ।बूढीनन्दा नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि व्यरोजगारी जस्ता विषयलाई पहिलो प्राथमिकिता दिएको छ । नगर प्रमुख जनककुमार बोहराले नगरपालिकाको पहिलो बैठकमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आधुनिक कृषि प्रणालील, जेष्ठ नगरिकलाई निःशुल्क उपचार तथा सामाजिक सुरक्षा भत्ता घरघरमै गएर दिने जस्ता निर्णय गर्नुभएको छ ।त्रिवेणी नगरपालिका, गौमुल छेडेदह, जगनाथ हिमाली गाउँपालिकाले पनि राजजारी, शिक्षा, खानेपानी, निःशुल्क स्वास्थ्य जस्ता विषयमा प्राथमिकता दिएको छ ।
थुनुवा कैदी हतकडीसहित फरार
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १९ गते । कैलालीस्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने क्रममा घोडाघोडी नगरपालिका २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभएको छ ।१४ जेठमा पाण्डेसहित अन्य दुई जनालाई प्रहरीले आगूऔषधसहित पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजी जारी रहेको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
पाँच महिला वडाध्यक्ष
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका ७३४ वडामध्ये पाँचवटा वडामा महिलाले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन । स्थानीय तहको निर्वाचनबाट पाँच महिलाले सो जिम्मेवारी प्राप्त गर्नुभएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा चार जना महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार बझाङमा एक जना महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । यद्यपि बाँकी सात जिल्लाका वडाध्यक्षमा महिला प्रतिनिधित्व छैन ।
समन्वय समिति अछाममा गठबन्धन र एमालेको उम्मेदवारी
अछाममा प्रमुखसहित सदस्यमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) ले प्रमुखसहित सबै पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा बुधबार बिहान पूजा आराधना गर्नुभएको छ । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।