भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
जिसस अछाममा कांग्रेस उम्मेदवार विजयी
जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचनमा सहभागी अदालत अछामका नायब सुब्बा कमल ढुंगानाले जानकारी दिनुभयो ।
२४ वर्षदेखि चिन्तामै बित्छ दिनरात
शेरबहादुर सार्कीबाजुरा, जेठ २१ गते । खप्तड छेडेदह गाउँपालिका ३ धुर्तोलाका स्थानीयबासी वर्षा शुरु भएसँगै चिन्ता चिन्तामै रात बिताउन बाध्य हुन्छन् । गाउँको वरिपरी र माथिबाट निरन्तर बग्न थालेको पहिरोले बस्ती नै बगाउँछ भन्ने डरले उनीहरु चिन्तामै रात बिताउन बाध्य भएका हुन् ।हिउँदमा ढुक्क मनले रात बिताउँदै आएका थियौँ, अब वर्षा लाग्यो, गाउँमै पहिरो पुग्छ की भन्ने चिन्ताले रात काट्नु परेको खप्तड छेडेदहगाउँपालिका ३ धुर्तोलाका स्थानीय सङ्गम रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी हिउँदमा ढुक्क मनले मेलापात गएपछि शान्त मनले काम गर्थ्याैं, त्यसरी अब वर्षाको समयमा गर्न सक्दैनौं, वर्षामा पानी प¥यो की जताततै पहिरो लाग्ने गर्छ, पहिरोबाट जीउ जोगाउने चिन्ता चिन्तैमा वर्षायाममा दिन रात बिताउँछौं ।,,२०५५ सालमा धुर्तोलाको गाउँमाथिबाट गएको पहिरोले त्यहाँका स्थानीयबासीको ठूलो मात्रामा धनजनको क्षति भएको थियो ।खेतीयोग्य जमिन र हिँड्ने बाटो पनि पहिरोमा परिणत भएपछि अहिले त्यहाँका स्थानीयलाई एक गाउँबाट अर्को गाउँ आउजाउ गर्न पनि निकै सास्ती भएको छ । पहिरो नजानुभन्दा पहिला खेतीपाती गरेर राम्रोसँग जिवन जीउँदै आएका धुर्तोलाबासीको जमिन अहिले सबै पहिरोले बगाइदिएपछि उहाँहरु अहिले त्यो ठाउँबाट अर्कै ठाउँमा बसाइ गर्न बाध्य हुुनुभएकाे छ । पहिरोले खेती गर्ने जमिन बगाएपछि उनीहरुलाई खेती गरेर खाने जमिन नहुँदा भोकमरीको समस्या आएको स्थानीयको भनाइ छ । यो पीडा खप्तड छेडेदह गाउँपालिका ३ धुर्तौलाबासीको मात्र होइन पीडा त ठेकगाउँ टुनीसैनका महिलाको पनि उस्तै छ ।त्यहाँका महिलाहरुलाई पनि मेलापात घाँस दाउँरा गर्न निकै समस्या भएको छ । महिलालाई वर्षायाममा जीउ जोगाउन निकै गाह्रो छ । गाईभैंसी पालेपछि मेलापात घाँस र दाउँरा गर्न जानै पर्ने उहाँहरुको दिनचर्या छ । त्यहाँका महिलाले यो पीडा अहिले मात्र भोगेका होइनन् । त्यो पीडा २४ वर्ष यसरी नै बितिसक्याे ।बावु बाजेले यो ठाउँ राम्रो मानेर बसोवास गरेका भए पनि अहिलेका पुस्तालाई भने पहिरोले निकै सताइरहेको टुनीसैनका ६० वर्षीया शान्ता खड्काले बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका भण्डारी निर्विरोध
जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध चयन हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन हुनुभएको हो ।
छोरी दिन नै मान्दैनथे
सुदूर पहाडका काकाकुल बस्तीमा सुदूरपश्चिम प्रदेश सरकारले लिफ्ट गरेर खानेपानी पु¥याउन थालेको छ । बैतडीको सिगास गाउँपालिका–३, ठूलीसैनी गाउँमा प्रदेश सरकारले तीन करोड ८० लाख रुपियाँको लिफ्ट खानेपानी योजना बनाइदिएपछि गाउँमा खुसियाली छाएको छ । बैतडी सदरमुकामबाट करिब ८० किलोमिटर टाढा रहेको ठूलीसैनी गाउँमा खानेपानीकै कारण परिवर्तन आएको छ ।
‘प्राथमिकतामा कृषिलाई राख्छौँ’
स्थानीय तहको निर्वाचनभन्दा अगाडि चित्रबहादुर चौधरीलाई कमैले चिन्थे । प्राविधिक क्षेत्रमा काम गर्ने उहाँको राजनीतिसँग घुलमिल थिएन । जोशीपुर गाउँपालिका–५, सिमरानावासी चौधरी सोही गाउँपालिकाको अध्यक्ष बन्नुभएको छ । पञ्चायतकालदेखि नेपाली कांग्रेसले जित्दै आएको ठाउँमा नवगठित नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेपछि चौधरीको चर्चा एकाएक बढेको छ । सिभिल इन्जिनयरिङ अध्ययन गर्नुभएका उहाँले अब आफ्नो प्राविधिक ज्ञानलाई जोशीपुरको विकासमा प्रयोग गर्ने उल्लेख गर्नुभयो ।
तिङ्करमै कार्यपालिका बैठक राख्ने, कार्यालय प्रमुखलाई निम्तो
व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले व्यास गाउँकार्यपालिका बैठक तिङ्करमै राख्ने बताउनुभएको छ।
वर्षा अगावै सडकको दुर्दशा
बाजुराको साँफे मार्तडी लोगकमार्ग बर्खा नलाग्दै हिलाम्मे बनेको छ । वैशाख, जेठ महिनामा परेको थोरै पानीका कारण सो सडकमा तलमाथिबाट पहिरो बग्नथालेपछि हिलाम्मे बनेको हो ।
घरघरमा धारा करेसामा तरकारी
भागेश्वर गाउँपालिका–४ गुवाडीका १५ घरधुरीमा खानेपानी सुविधा पुगेपछि करेसाबारीमा तरकारीसमेत लगाउन थालिएको छ । महाभारत पर्वत शृङ्खलाको मध्यभागमा रहेको गुवाडी गाउँमा यसअघि खानेपानीको चरम अभाव थियो । डेढ घण्टा टाढाको नाउलाबाट खानेपानीको जोहो गर्दै आएका गुवाडी गाउँमा ‘एक घर एक धारा’ पु-याइएको छ ।