स्थानान्तरणको आसमा गाउँले
वर्षा सुरु भएसँगै बाजुराका बाढीपहिरो जोखिम क्षेत्रका बासिन्दा त्रसित बन्न थालेका छन् । आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन प्रभावित क्षेत्रका बासिन्दाले माग गर्दै आएको भए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सुरु
सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा अधिवेशन सुरु गरिएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिने गरिन्छ ।
सूचीकृत स्वास्थ्य संस्था बढेसँगै सुरक्षित गर्भपतन गराउने बढे
पुष्कर भण्डारीडडेल्धुरा, जेठ १६ गते । सूचिकृत स्वास्थ्य संस्थाहरुको संख्या बढ्दै गएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा समेत वृद्धि भएको छ । चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८५४ जना महिलाहरुले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा सात वटै स्थानीय तहमा गरी २० वटा सूचिकृत स्वास्थ्य संस्थाहरुले सुरक्षित गर्भपतन गराउँछन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिन्छ । ८१५ जनाले औषधि र ३९ जनाले शल्यक्रियामार्फत् सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले बताउनुभयो । डडेल्धुरा अस्पतालमा मात्रै यस वर्ष १५७ जनाले सुरक्षित गर्भपतन गराउनुभएको छ । यी मध्ये १३१ जनाले औषधिको प्रयोग र २६ जनाले अप्रेसन गरेर सुरक्षित गर्भपतन गराउनुभएको उहाँले बताउनुभयो । सोमबार जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा आयोजना गरिएको थियो । सूचिकृत स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन भए पनि अनेच्छिक गर्भ तथा गोपनीयता नरहने र लिङ्ग पहिचान गरी गर्भपतन गराउनेहरु अवैधानिक रुपमा निजी स्वास्थ्य संस्थाहरुमा असुरक्षित गर्भपतन गराउने गरेको बताइएको छ । सोमबार सञ्चारकर्मीहरुसँग गरिएको छलफल कार्यक्रमका सहभागी । तस्बिरः पुष्कर भण्डारी ।
वन संरक्षणमा महिला नेतृत्व सफल
कैलालीमा सामुदायिक वन संरक्षणमा महिलाको सक्रियता बढ्दै गएको छ । जनसङ्ख्या वृद्धिसँगै वन अतिक्रमणविरुद्ध र डढेलो नियन्त्रण र वन क्षेत्रमा हुने अवैध गतिविधिका विरुद्ध महिलाले ज्यान जोखिममै राखेर काम गर्दै आएका छन् ।
पानीको धारा झरेपछि गाउँमा खुसियाली
बैतडीको सिगास गाउँपालिका–३ मा विवाह गरेर छोरी दिन प्रायः अभिभावक हच्किन्थे । यसको एउटै कारण थियो, खानेपानीको समस्या । करिब दुई सय घरधुरी बासिन्दाले पानीका लागि दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका पुग्नुपर्ने बाध्यता थियो ।
मोहना नदीमा डुबेर दुई बालकको मृत्यु
अविनाश चौधरीधनगढी, जेठ १५ गते । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर आइतबार दुई बालकको ज्यान गएको छ । चटकपुर राजघाट जोड्ने पुलमुनि नदीमा नुहाउने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा धनगढी उपमहानरपालिका–३ विशालनगरका १२ वर्षीय विष्णु गुप्ता र १० वर्षीय अनुप चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पुलमुनि नदीमा पौडी खेल्न जाँदा दुवै बालक डुबेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । मृतकका शव पानीबाट निकालेर पोेष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।
घोडाघोडीमा असुरक्षा बढ्दै, स्थानीयद्वारा सुरक्षा माग
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १५ गते । जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दिन प्रतिदिन असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले सरकारसँग सुरक्षा व्यवस्था माग गरेका छन् । करिब २७ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै उक्त क्षेत्रमा दिउँसै लुटपातका घटना हुन थालेपछि सुरक्षा चुनौति बढ्दैगएको स्थानीयको भनाई छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दिपक शाहले महेन्द्र राजमार्गसँग जोडिएको घोडाघोडी ताल धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा हिजोआज मदिराजन्य पदार्थ विक्रिवितरण हुन थालेपछि विकृति बढ्दैगएको बताउनुभयो । धार्मिक क्षेत्रमा खुलेआम मदिरा विक्री वितरण हुँदा कसैको ध्यान नगएको उहाँले बताउनुभयो । घोडाघोडी हिजोआज लागुपदार्थ दुव्र्यशनको अखडा बन्दैगएको समेत स्थानीयले बताएका छन् । स्थानीय मैना ढकालले लागुपदार्थ सेवन गर्ने र दिनभर ताल वरपर बरालिने यु्वाबाट नै घोडाघोडीमा घुम्न आउनेहरुको मोवाईल गरगहना लुटपात हुनेगरेको बताउनुभयो । विश्व रामसार सूचीमा सूचीकृत भएर सन् २००३ देखि विश्व सिमसार क्षेत्रको रुपमा घोडाघोडी तालको पहिचान हुदै आएपनि यस क्षेत्रको सुरक्षालगायत संरक्षणको क्षेत्रमा सरकारले खासै चासो दिन नसकेको स्थानीयको आरोप छ । तालको मुख्य द्वारमा विकासका केही काम भएजस्तो देखिए पनि तालको क्षेत्रफल साँघुरै जानु, तालमा पानी सुक्दै जानु, ताल पुरिदै जानुले जैविक विविधता संकटमा पर्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।घोडाघोडीमा ईको टेल रिर्सोट सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले घोडाघोडीमा बढ्दैगएको असुरक्षाका कारण एक पटक घुम्न आएको मानिस अर्को पटक घुम्न आउने बातावरण नबनेको बताउनुभयो । विगतदेखि नै असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले घोडाघोडीमा प्रहरी विटको माग गर्दै आएकाछन् । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले घोडाघोडीमा सुरक्षा व्यवस्था खाँचो रहेको बताउँदै स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म आएको एक बर्ष पनि भएको छैन, यहाँ लागु पदार्थका ५१ वटा मुद्दा दर्ता भएका छन् । घोडाघोडीमा लुटपात मच्चाउने पनि तिनैमध्ये पर्छन् । वाबुआमा नभएका, निम्नबर्गीय परिवारका भर्खरका केटाहरु बढी घटनामा संलग्न छन् ।’
काकाकुल बस्तीमा लिफ्ट खानेपानी
गोकर्ण दयाल बैतडी, जेठ १५ गते । बैतडी र दार्चुलाका काकाकुल बस्तीमा सुदूरपश्चिम प्रदेश सरकारले लिफ्ट खानेपानी पु¥याउन थालेको छ । खानेपानीकै कारण बुहारी नपाउने गाउँमा सुदूरपश्चिम प्रदेश सरकारले तीन करोड ८० लाख रुपियाँको लिफ्ट खानेपानी योजना बनाइदिएपछि गाउँमा खुसीयाली छाएको छ । बैतडीको सिगास गाउँपालिका–३, का करिब दुईसय घरधुरीका बासिन्दा पानी लिन दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका पुग्नुपर्ने बाध्यताले गाउँमा बुहारी भित्र्याउन समस्या हुने गरेको थियो । “खानेपानीको समस्या थाहा पाएकाहरुले गाउँका युवाको विवाह गर्न छोरी दिन मान्दैनथे” स्थानीय उपभोक्ता सुन्दरसिंह धामी भन्नुहुन्छ, “गाउँका युवाको विवाह गर्न बुहारी नपाउने समस्या थियो । पानीको समस्या थाहा नपाएका निकै टाढाका गाउँबाट विवाह हुने गरेकोमा अब बुहारी भित्र्याउन सहज भएको छ ।” बैतडीको सुर्नया गाउँपालिका–६, धुलीधारमा बस्ती बसेको करिब एकसय वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारको अगुवाईमा गाउँमा बल्ल खानेपानीको धारा निर्माण सुरु भएको छ । दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता एक सयवर्षपछि अन्त्य हुनलागेकोले बस्तीमा खुसीयाली छाएको छ । “बस्तीमा खानेपानी पुग्दा सूर्य पश्चिमबाट उदाएको जस्तो अनुभूति भएको छ,” सुर्नयाका स्थानीय नवराज अवस्थीले भन्नुभयो, “ प्रदेश सरकारले एक करोड ४० लाख रुपियाँ बजेट दिएपछि बुवा बाजेको पालादेखिको पानीको दुःख तेस्राे पुस्तामा आइपुग्दा बल्ल हटेको छ ।” समुद्री सतहबाट दुई हजार तीनसय मिटर उचाइमा रहेको बैतडीको सतबाँझ सुख्खा फलफूल विकास केन्द्रको अग्लो डाँडामा डीप बोरिङबाट पानी निकालिएपछि ५० हजार नर्सरीमा सिँचाइ पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकार कृषि मन्त्राकोे ३२ लाख ५० हजार रुपियाँमा डीप बोरिङबाट ५० एमएम पाईपबाट प्रतिसेकेण्ड दुई लिटर पानी बग्न थालेको छ । बाह्रै महिना सुख्खा रहने बैतडीको सतबाँझ सुख्ख फलफूल विकास केन्द्र स्थापानाको ५९ वर्षपछि सुख्खा डाँडोमा सिँचाइ पुगेको कार्यालय प्रमुख डम्बर भाटले बताउनुभयो । दशरथचन्द नगरपालिका–१, गुरुखोलामाथि सतबाँझमा २०१९ सालमा २९ हेक्टर क्षेत्रफलमा छ हजार स्याउका बोट लगाएर सतबाँझ बागवानी स्थापना भएको थियो । कुनै बेला लटरम्म स्याउ फल्ने बैतडीको सतबाँझमा पछिल्लो सय स्याउ फल्न छोडेपछि त्यहाँ हिँउदे फलफूलको नर्सरी उत्पादन भइरहेको छ । नर्सरीमा ओखर, कागजी बदा, जैतुन, कागती, नास्पाति लगायतको फलफूलको नर्सरी रहेको प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।सुख्खा डाँडोमा कलकल पानी बग्न थालेपछिे नर्सरीमा हुर्किरहेका ५० हजार बोटविरुवाले पानी पाउने केन्द्रले जानकारी दिएको छ । नर्सरी हुर्काउन पानी किन्नुपर्ने र आकाशे पानीको भर पर्नुपर्ने अवस्थाको अत्यभएपछि फलफूल विकास केन्द्रका कर्मचारी खुशी भएको कृषि प्राविधिक खड्काले बताउनुभयो । बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिकाको काँडा बजारमा सुदूरपश्चिम प्रदेश सरकाकै ६ करोड ५० लाखको लागतमा सुर्नया नदीबाट लिफ्ट खानेपानी योजना निर्माण सुरु भएको छ । मेलौली बजारमा प्रदेश सरकारको पहलमा सुर्नया नदीबाट लिफ्ट खानेपानी योजना निर्माण हुन थालेपछि स्थानीयवासीमा खुसीयाली छाएको स्थानीय विजय नायकले बताउनुभयो । नजिक रहेका खोला र कुवाको पानी सुकेपछि बैतडीको मेलौली बजार काकाकुल बनेको विषयमा प्रदेश सरकारले चासो देखाएर लिफ्ट खानेपानी योजना बनेको नायकले बताउनुभयो । बैतडी र दार्चुला गरि यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारको करिब १२ करोड बजेटबाट सात वटा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो । कार्यालय प्रमुख बोगटीले भन्नुभयो,“ बैतडीको सिगास गाउँपालिका लगन–ठूलीसैनी, सुर्नयाको धुलीधार, मेलैलाी नगरपालिकाको मेलैली बजार, दार्चुलाको शैल्यशिखर, पनेबाँझ र रातापानी गरेर करिब एकहजार भन्दा बढी घरधुरीलाई लिफ्ट प्रविधिबाट पानी उपलब्ध भएको छ । ” सुदूरपश्चि प्रदेश मातहतको बैतडी र दार्चुला जिल्लाको खानेपानी हेर्दै आईरहेको डिभिजन खानेपानी कार्यालयका अनुसार पानीका कारण बुहारी नपाउने गाउँमा पानी पुगेपछि भएको परिवर्तन हेर्न मन्त्रालयबाट सचिव स्तरको टोली आउने तयारी भईरहेको छ । बिजुली बत्ती नपुगेको ठाउँमा समेत सौर्या उर्जाबाट लिफ्ट खानेपानी योजना निर्माण गरेर पहाडी भूभागको जनजीवनलाई पानी उपलब्ध गराएको खानेपानी कार्यालयको भनाइ छ । जलवायु परिवर्तन र जथाभावी डोजरले सडक खन्दा बैतडी र दार्चुका अधिकांश स्थानीय तहमा भएका खानोपानी मुहान पुरिएकपछि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको खानेपानी कार्यालयले जानकारी दिएको छ । स्थानीय तहले विकास निर्माण गर्दा पानीका स्राेत नसुक्ने गरि सडक विस्तार गर्नु पर्ने खानेपानी कार्यालयले सुझाव दिदैं आइरहेको छ । पहाडका सुख्खा डाँडाको पानीको स्राेत बचाउन स्थानीय तहको सरकारले रिचार्ज पोखरी निर्माण गरेर दिगो विकासमा जोड दिनुपर्ने विज्ञहले औल्याएका छन् । तस्बिरः १. सोलार प्रविधिबाट सिगास–३,को लगन–ठूलीसैनीमा आइपुगेको लिफट् खानेपानी । तस्बिरः गोकर्ण दयाल
गेटा अस्पताल चाँडै सञ्चालनमा आउने
धनगढीको गेटामा निर्माण भएको मेडिकल कलेज तथा अस्पताल यसै वर्ष सञ्चालनमा आउने भएको छ । तीन सय शøयाको अस्पताल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने गरी गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय एक दशकअघि नै गर्नुभएको थियो । त्यसैअनुसार अस्पतालको पूर्वाधार तयार भइसकेको छ ।