• १३ असोज २०८१, आइतबार

बाजुरा जिल्लाका स्थानीय तहमा विकास पहिलाे प्राथमिकतामा, एककाे नतिजा बाँकी

blog

त्रिवेणी नगरपालिकाले आयोजना गरेको पहिलो बैठकमा सहभागी जनप्रतिनिधि, तस्बिर – शेरबहादुर सार्की, बाजुरा

शेरबहाुदर सार्की

बाजुरा, जेठ १९ गते । बाजुरा जिल्लाका नौ वटा स्थानीय तह मध्ये आठ स्थानीय तहमा जनप्रतिनिधिको आगमन भए पनि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको छ । वैशाख ३० गते मतदान केन्द्रमा धाँधली भएको विषयमा मतगणना स्थगित गरिएपछि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको हो । तर आठवटा स्थानीय तहमा जनप्रतिनिधिहरुले जनताको विश्वास नटुटाउने गरी विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

बाजुराको स्वामिकार्तिक गाउँपालिकाको अध्यक्ष भरतबहादुर रोकायाले सो क्षेत्रमा फोर जी सहितको एनटिसीको टावर निर्माण गर्ने निर्णय गर्नुभएको छ ।

बाजुराको छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट जिल्लालाई बेस बनाएर एक बुहप्राविधिक शिक्षालय खोल्ने, कृषि उत्पादन बढाउन कृषक पेन्सन, निःशुल्क एम्बुलेन्स सेवा दिने स्वामिकार्तिकको पहिलो बैठकमा निर्णय गर्नुभएको छ ।

त्यसैगरी, बडिमालिका नगरपालिकाले प्रमुख अम्मरबहादुर खड्काले स्वास्थ्य, शिक्षा, खानेपानी, ढल निकास, डम्पिङ साइट व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुभएको छ ।

बूढीनन्दा नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि व्यरोजगारी जस्ता विषयलाई पहिलो प्राथमिकिता दिएको छ । 

नगर प्रमुख जनककुमार बोहराले नगरपालिकाको पहिलो बैठकमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आधुनिक कृषि प्रणालील, जेष्ठ नगरिकलाई निःशुल्क उपचार तथा सामाजिक सुरक्षा भत्ता घरघरमै गएर दिने जस्ता निर्णय गर्नुभएको छ ।

त्रिवेणी नगरपालिका, गौमुल छेडेदह, जगनाथ हिमाली गाउँपालिकाले पनि राजजारी, शिक्षा, खानेपानी, निःशुल्क स्वास्थ्य जस्ता विषयमा प्राथमिकता दिएको छ ।