• १३ असोज २०८१, आइतबार

कोरोनामुक्त सुदूरपश्चिम

blog

अविनाश चौधरी
धनगढी, जेठ १९ गते ।
सुदूरपश्चिम प्रदेश कोरोनामुक्त भएको छ । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएको तीन वर्षपछि सुदूरपश्चिम प्रदेश कोरोनामुक्त भएको हो ।

प्रदेशभरी अहिले एकजना पनि कोरोना बिरामी नरहेको प्रादेशीक स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधबारदेखि प्रदेशमा सक्रिय सङ्क्रमित शून्य भएको निर्देशनालयको प्रतिवेदनमा उल्लेख छ । यो प्रदेश २०७६ चैतबाट कोरोना भाइरसको सङ्क्रमण सुरु भएको थियो ।

कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त बनेको थियो तर कोरोनामुक्त पछि सुदूरपश्चिमको जनजीवनसहित अर्थतन्त्र सामान्य अवस्थामा फर्केको छ ।

प्रदेशमा हालसम्म पाँच लाख ४१ हजार ४९१ जनाको परीक्षण भएको छ । जसमध्ये ५९ हजार ६४६ जनामा कोरोना पुष्टि भएको थियो । परीक्षण गरिएकामध्ये चार लाख ८१ हजार ८४५ जनाको रिपोर्ट भने पोजेटिभ आएको थियो भने सङ्क्रमणका कारण ६३३ जनाले ज्यान गुमाएका थिए ।

दोस्रो लहरको सङ्क्रमणको क्रममा गतवर्ष सबैभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका थिए । प्रदेशको नौ जिल्लामध्ये सङ्क्रमण र मृत्युदर सबैभन्दा बढी कैलालीमा रहेको थियो ।