• १५ असार २०८१, शनिबार

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर निर्वाचित

blog

अविनाश चौधरी

धनगढी, जेठ २९ गते। कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित हुनुभएको छ। 

धनगढीमा भएको साधारणबाट आफ्नो प्रतिद्वन्द्वी सुरेन्द्र राठीलाई पराजित गरेर उहाँ पुनः अध्यक्षमा निर्वाचित हुनुभयो। विजयी कुँवरले ६७८ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्वी राठीले ३५५ मत प्राप्त गर्नुभयो। 

सङ्घका पदाधिकारीमा प्यानल नै निर्वाचित हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा हरिशङ्कर ठाकुरलाई पराजित गरेर पुष्कर ओझा, उद्योगतर्फको उपाध्यक्षमा घनश्याम चौधरीलाई पराजित गरेर दिनेश लम्साल विजयी हुनुभएको छ। एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्टलाई पराजित गरेर मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा केशवदत्त पाण्डेयलाई पराजित गरेर लक्ष्मणराज पन्त विजयी हुनुभएको छ। 

यसैगरी, महासचिवमा सिद्धराज पनेरुलाई पराजित गरेर ओमबहादुर बिष्ट, कोषाध्यक्षमा रञ्जनकुमार शर्मालाई पराजित गरेर भीमराज ओझा (अब्बु) र सचिवमा सुरेश पाण्डेय विजयी हुनुभएको छ। पदाधिकारीमा विजयी प्रायः सबै निवर्तमान कार्यसमितिकै सदस्य हुनुहुन्छ। 

यस्तै, सदस्यमा अम्बिका भण्डारी, कविन्द्र पन्त, कृष्णाकुमारी बिष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाशकुमार चन्द, वासुदेव भट्ट, मिलन कुँवर निर्वाचित हुनुभएको छ। 

यस्तै, रवि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्याम जोशी, सुरेन्द्रकुमार बोहरा र सुरेन्द्रबहादुर कठायत पनि सदस्यमा विजयी हुनुभएको छ। सङ्घको निर्वाचनमा जम्मा एक हजार ९१ मत खसेको थियो।