• ८ वैशाख २०८१, शनिबार

अबैध सालको गोलिया बरामद

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असार १० गते । कैलालीमा सात गोरुगाडासहित ३० थान सालको गोलिया बरामद भएको छ । बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाबाट शुक्रबार बिहान  गोरुगाडामा लोड गरेर ल्याउँदै गरेको २१९.९० क्युफिट काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ । 

सब डिभिजन वन कार्यालय साँडेपानीको गस्ती टोलीले गोरुगाडासहित सो काठ पक्राउ गरेको हो । त्यसमा संलग्न  तीन जना पक्राउ परेका छन् । डिभिजन वन प्रमुख गोकुल रिजालले पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालनगर बस्ने दीर्घ बिक,  रमेश बिक, अर्जुन बिक रहेको जानकारी दिनुभयो ।

त्यसमा संलग्न चार जना फरार रहेको जनाइको छ । बरामद गरिएको काठ, गोरुगाडा सब डिभिजन वन कार्यालय बर्दगोरियामा राखिएको छ । पक्राउ परेकालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि धनगढी चलान गरिएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।