गर्मीले दैनिक जनजीवन कष्टकर
कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।
बन्द प्रसूति सेवा खुलाउन पहल
स्वास्थ्य चौकीलाई पानी नदिँदा बन्द प्रसूति सेवा सुचारु गर्न पञ्चेश्वर गाउँपालिकाले पानीका ट्याङ्कर बोलाएको छ । पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीको प्राङ्गण भएर सल्ला बस्ती र धामकुडी मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीलाई धारा दिन सम्भाव्यता अध्ययनसमेत हुने भएको छ ।
चट्याङ लागेर एकको ज्यान गयो
गएराति बाजुरामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मङ्गलबार साँझ परेको अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ गाउँपालिका –१ डाँडाबाडाका ३१ वर्षीया युवक यमराज विष्टको ज्यान गएको हो ।
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
जिल्लाको पूर्वी क्षेत्रमा रहेको एक वडा कार्यालयमा गएराति आगजनी भएको छ । हिमाली गाउँपालिकाको वडा –५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेका हुन् ।
तटबन्ध निर्माणले बाँझो जमिन हराभरा
पुनर्वास नगरपालिका –९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो देखिने जमिन हराभरा देखिन थालेका छन् ।
बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी
कञ्चनपुरको भीमदत्त नगरपालिका –९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्नुहुन्छ । प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिनुहुन्छ, उहाँ । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताउनुभयो ।
चट्याङ लागेर एकको मृत्यु
बाजुरामा गए राती चट्याङ परेर एक जना युवकको मृत्यु भएको छ । बाजुरामा मङ्गलबार साँझ परेको अविरल वर्षासँगै परेको चट्याङ कारण जगन्नाथ गाउँपालिका वडा नं.१ डाँडाबाडाका ३१ वर्षीय युवक यमराज विष्टको मृत्यु भएको हो ।
वृक्षरोपण सँगसँगै पाँच किलो चामल
बाजुराका नौ वटै स्थानीय तहमध्येकै हिमाली गाउँपालिका एक विकट दुर्गमको गाउँपालिका हो। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको यो गाउँपालिकाको सबै वडामा सधैँ खाद्यान्नको अभाव हुने गर्छ। साउन भदौमा बाढीपहिरो तथा चैत–वैशाखमा पर्ने असिना पानीले यहाँका किसानले लगाएको खेती सखाप पार्ने गरेपछि यो ठाउँमा खाद्यान्न अभाव हुने गरेको छ। यो अवस्थाको अन्त्य गर्न विगतका केही वर्षयता पालिकाले खाद्य सुरक्षासँग वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
धनगढीमा डिजिटल वडापत्र सञ्चालन
कैलालीको धनगढी उपमहानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ।
अझ जिम्मेवार भएर अगाडि बढ्न आवश्यक : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीयताप्रति जनताको भरोसा जगाउन प्रदेश र स्थानीय सरकारले अझ बढी जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पुल बनेपछि आउजाउमा सहज
गौमूल गाउँपालिकाको तुसारी गाड आगरमा स्टिल ट्रस्ट ब्रिज (पुल) बनेपछि स्थानीलाई आउजाउमा सहज भएको छ। पुस्ताैँदेखि यो गाडमा पुल नहुँदा स्थानीयवासी बर्खाको समयमा काठे पुलमा ज्यान जोखिम राखेर दैनिक आउजाउ गर्न बाध्य थिए। बर्खाको समय गाड तरेर नै यहाँका अधिकांश स्थानीय वल्लो पल्लो गाउँमा घर तथा वडापालिकामा जाने गर्दछन्। गाडमा पुल नहुँदा स्थानीयले बर्खाको समय खोला तरेर वा काठेपुल हालेर आउजाउ गर्ने गरेका थिए।
गर्मीले जनजीवन प्रभावित, पठनपाठन बन्द
धनगढी उपमहानगरपालिका–८ का विष्णु चौधरी रिक्सा चलाएर गुजारा गर्नुहुन्छ । दिनभर रिक्सा चलाएर साँझ बिहानको छाक टार्दै आएका चौधरीको अहिले भने नियमित काम प्रभावित भएको छ । अत्यधिक गर्मी बढेपछि काम गर्न गाह्रो भएको चौधरी सुनाउनुहुन्छ । “बिहान र साँझ मात्रै केही समय रिक्सा चलाउने गर्दछु,” उहाँले भन्नुभयो, “गर्मीका कारण दिउँसो काम गर्न सकिन्न । सवारी (यात्रु) पनि भेटिँदैनन् ।”
सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द
मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बस्नुभएको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताउनुभयो ।
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको सपना हो : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।
‘विश्वविद्यालय स्थापनाको माग पूरा गराउन प्रतिबद्ध छौँ’
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग पूरा गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रदेश आमसञ्चार नीति यसै अधिवेशनमा
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले सुदूरपश्चिम प्रदेश सरकारको आमसञ्चार नीति यसै अधिवेशनमा ल्याउने बताउनुभएको छ ।
एमालेद्वारा प्रदेश सभा बैठक बहिस्कार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो ।
खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित
कञ्चनपुरको लालझाडी गाउँपालिका –३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेत खलियानमै व्यस्त हुनुहुन्छ । उहाँले दुई बिघाभन्दा बढी जमिनमा उखुखेती गर्नुभएको छ ।
सगरमाथा आरोही रोकायालाई सम्मान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सगरमाथा आरोही सुदूरपश्चिम प्रदेशकी चेली संगिता रोकायालाई सोमबार सम्मान गर्नुभएको छ ।
मासिदैँछ घोडाघोडी तालको कमल
विश्व रामसार क्षेत्र घोडाघोडी ताल यतिखेर कमलफूलले ढकमक्क ढाकिनुपर्ने हो । वैशाख अन्तिमदेखि फुल्न सुरु गर्ने कमलको फूलले घोडाघोडी ताल घुम्टो भित्रको दुलहीजस्तै शृङ्गार्ने गर्दथ्यो । तर अहिले अनियन्त्रित कमलको फूल, फल टिप्ने प्रवृत्ति बढेपछि कमलको पात र फूल मासिन थालेको छ ।
कालापानी क्षेत्रमा फहराइयो राष्ट्रिय झन्डा
चीनको सीमानजिकको बस्ती टिङ्करमा व्यास गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरेको छ। छाङरु तथा टिङ्करवासीको पीडा सुन्न र त्यहाँका मुद्दा उठाउने उद्देश्यले कार्यपालिका बैठक टिङ्करमा राखिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो। स्थानीय घरेलु मदिरा व्यवस्थित तथा वैधानिकताका लागि सम्बन्धित निकायसँग पहल गर्ने, टिङ्कर नाका सञ्चालन, बोर्डर आउट पोस्ट (बिओपी) स्थापना, व्यासमा पर्यटन प्रवर्धनलगायतका विषयमा निर्णय गर्दै गाउँकार्यपालिकाको २० औँ बैठक आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष विनोद कुँवरले बताउनुभयो।
बाजुराको बिछिया केन्द्रबिन्दु भएर भूकम्प
बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।