हराएकाे विमान खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर सम्भावित क्षेत्रमा
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ । जहाज खोजीका लागि दुर्घटना आशङ्का रहेको क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर पोखराबाट मुस्ताङतर्फ उडेको छ ।
पोखरा विमानस्थलमा आफन्तको भीड
सम्पर्कविहीन विमानमा सवार आफन्तका परिवार पोखरा विमानस्थलमा जम्मा भएका छन् । नेपाली सेनाको हेलिकोप्टर खोजी तथा उद्धारका लागि जोमसोम तर्फ प्रस्थान गरिसकेको छ ।
विमान खोज्न गएको फिस्टेलको हेलिकोप्टर फर्कियो
पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको विमान खोज्न गएको फिस्टेल एयरको हेलीकोप्टर जोमसोम विमानस्थल फर्किएको छ । विमान हराएको क्षेत्रतर्फ खोजीका लागि गएको हेलिकोप्टर त्यस क्षेत्रमा मौसम विग्रेको कारण हेलिकोप्टर फर्केको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
बेपत्ता विमान खोजीमा पोखराबाट सेनाको हेलिकोप्टर जाँदै
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते भन्ने स्थानमा ठोक्किएको आशङ्का गरिएको छ । यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय नरसिंह शेरचनले लेते र घासा क्षेत्रको बीचबाट आवाज भएको भन्ने जानकारी दिनुभयो ।
लेतेमाथिको पहाडमा ठूलो आवाज आयो : स्थानीयवासी
‘‘ठूलो आवाज आएको स्थानीयवासीहरुले बताएका छन् ।,’’ म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले भन्नुभयो’ ‘‘आवाज आएको स्थानसम्म पुग्न लेतेबाट करिब १० घण्टा लाग्छ ।’’
सम्पर्कविहीन तारा एयरको विमानमा सवार २२ यात्रुको नामावली
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ । तीन जना चालकदलका सदस्य, छ जना विदेशी र १३ जना नेपालीसहित २२ जना सवार विमान लेतेको भीरमा ठोक्किएर ठुलो आवाज आएको थियो । घटनाको पुष्टी हुन बाँकी रहेको छ ।
जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ, एक महिला मृत फेला
रेखीराम रानापाल्पा, जेठ १५ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबर्जस्ती करणी गर्ने एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका–३, का ३१ वर्षका श्यामबहादुर दर्जी छन् । घरमा कोही नभएको मौका छोपेर स्थानीय २५ वर्षकी महिलालाई जबर्जस्ती गरेको भन्दै दर्जीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । गएको शुक्रबार राति १० बजे घरमा कोही नभएको अवस्थामा दर्जी महिलाको घरमा पुगेर जबर्जस्ती करणी गरेको पीडित महिलाको उजुरीका आधारमा निज दर्जीलाई पक्राउ गरिएको थापाले बताउनुभयो । दर्जीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । कालीगण्डकीमा नदीमा युवती मृत फेला जिल्लाको रम्भा गाउँपालिका–१, हुँगीस्थित कालीगण्डकी नदीमा एक जना युवती मृत फेला परेकL छन् । रम्भा गाउँपालिका–१, अमली बस्ने २२ वर्षकL अस्मिता विश्वकर्मा कालीगण्डकी नदीमा मृत फेलाा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गएको जेठ ११ गते घरदेखि एक्लै हिँडेका विश्वकर्मा घरदेखि तीन किलोमिटर टाढा कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खोजतलास गर्ने क्रममा युवतीको शब शनिबार फेला परेको प्रहरीले जनाएको छ । युवतीको के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको पाल्पाका प्रहरी नायa उपरीक्षक थापाले जानकारी दिनुभयो ।
तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरणसहित]
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्कियो छ । ६ विदेशी १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको छ ।
जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान विहान ९ः५५ बजे देखि सम्पर्कविहीन भएको छ ।