एक कार्यकाल कार्यालय सहयोगी, अहिले वडाध्यक्ष
बागलुङ समाचारदाताबागलुङ, जेठ २५ गते। बागलुङको बरेङ गाउँपालिका-४ सल्यानका किसान खत्री गत वैशाख १५ गतेसम्म वडा कार्यालयमा सहयोगीको भूमीकामा हुनुहुन्थ्यो। पहिलो स्थानीय तह निर्वाचनपछि स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित लिलबहादुर खत्रीले नियुक्त गर्नुभएको थियो। पाँच वर्ष कार्यालय सहयोगीको भूमीकामा जनताको सेवा गर्नुभएको किसान खत्रीले दोस्रो स्थानीय तह निर्वाचनमा आफैलाई नियुक्त गर्ने वडाध्यक्षलाई पराजित गर्दै वडाध्यक्ष बन्नुभएको हो। राजीनामा दिएको पन्ध्र दिनमा जनताबाट अनुमोदित भएर किसान वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो। उहाँ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो। लिलबहादुर फेरि पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। किसानले ३०४ मत प्राप्त गर्दा लिलबहादुरले २७७ मत प्राप्त गर्नुभएको थियो। ‘कार्यालय सहयोगी भए पनि जनताको सेवामा थिएँ’ उहाँले भन्नुभयो, ‘अब पनि जनताकै सेवक भएर काम गर्छु।’ स्थानीय विकास निर्माणको लागि सबैलाई समेटेर जाने किसानको भनाइ छ। अध्यक्षका प्रतिस्पर्धी लिलबहादुरले जनताको मतलाई सम्मान गर्दै आफ्नो क्षेत्रको समृद्धिको लागि पाँच वर्षीय अनुभव र सिकाइको प्रयोग गर्ने बताउनुभयो। फरक भूमीकामा भएपनि जनप्रतिनिधिलाई निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ। बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पौडेल अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुन उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। पाँच वटा वडा रहेको बरेङमा २ वटा वडा राजमो, २ वटा कांग्रेस र एउटा वडामा नेकपा (एमाले) विजयी भएको छ।
प्राथमिकतामा ढोरपाटन : पर्यटन केन्द्र बनाउन गुरुयोजना
गण्डकी प्रदेश सरकारले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक गुरुयोजना बनाउने भएको छ । गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारिएको हो ।
गण्डकी सरकारको नीति तथा कार्यक्रममा सदनमा पेश (पूर्णपाठसहित)
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । मङ्गलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
मल अभावले कृषकलाई सधैँ सास्ती
धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् ।
भानुभक्त प्राणी उद्यान विस्तार गरिँदै
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनस्थित भानुभक्त प्राणी उद्यानभित्र १३ प्रजातिका स्तनधारी वन्यजन्तु भेटिएका छन् । प्राणी उद्यानले ओगटेको वन क्षेत्रभित्र १३ प्रजातिका स्तनधारी भेटिएका हुन् ।
कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा
कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन् ।
चिसो क्षेत्रमा धान रोपाइँ सुरु
मकै पाकेर संकलनसँगै उच्चपहाडी क्षेत्रको एक हजार ६ सय मिटर भुभागमा धान रोप्न सुरु गरिएको छ । चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको हो ।
मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा एमाले निर्विरोध
जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवारहरु निर्विरोध चयन हुनुभएको छ । सोमबार भएको मनोनयन दर्ताको समयअवधिसम्म एमालेबाट प्रमुख मुक्ति क्षेत्र गाउँपालिका १ झारकोटकी माया गुरुङ र उपप्रमुखमा घरपझोङ गाउँपालिका ३ स्याङका आइतेलाल थकालीको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।