• ७ वैशाख २०८१, शुक्रबार

चिसो क्षेत्रमा धान रोपाइँ सुरु

blog

लमजुङको मस्र्याङदी गाउँपालिका ५ घेर्मुफाँटमा धान रोपाइँ गर्दै स्थानीय । तस्बिरः बेलिना थापा

लमजुङ, जेठ २४ गते । मकै पाकेर संकलनसँगै उच्चपहाडी क्षेत्रको एक हजार ६ सय मिटर भुभागमा धान रोप्न सुरु गरिएको छ । चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको हो । 

लुम्जुङको ठूला–ठूला फाँटहरु राइनासटार, धमिलिकुवाँ, रामचोकबेंसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुइपिप्ले, सोतिपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । जिल्लामा छ सय देखि एक हजार ६०० मिटर उचाईसम्म धानको ब्याड राखिएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाका अनुसार लमजुङका छ सय देखि एक हजार ६०० मिटर उचाईसम्म धानको ब्याड राखिएको छ । पानी पर्याप्त भएका ठाउँमा धान खेती भइरहेको छ । अधिकांश ठाउँमा जेठको पहिलो साता र असार पहिलो साताबाट रोपाइँ हुन्छ । 

किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, बर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् 

केन्द्रका अनुसार चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको छ । चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । लमजुङका ठूला–ठूला फाँटहरु राइनासटार, धमिलिकुवाँ, रामचोकबेंसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुइपिप्ले, सोतिपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका ठाउँमा लोकलसंगै उन्नत जातको धान लगाइने गरिन्छ । केन्द्रका अनुसार १४ हजार ७८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, बर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । लमजुङका किसानले मुख्य खाद्यबाली धान रोप्न सुरु गरेका छन् । असार नलाग्दै ग्रामीण भेगका किसानले धान रोप्न सुरु गरेका हुन्  । 

खेतमा लगाएको गहुँ, आलु, बोडी, प्याज, लसुन जस्ता तरकारी खेती थन्काएर किसानले धान रोप्न सुरु गरेका हुन् । मस्र्याङदी गाउँपालिका ५ घेर्मुका किसानले घेर्मुफाँटमा धान रोप्न सुरु गरेका छन् । लमजुङमै सबैभन्दा पहिले धान रोप्ने कार्य सुरु गरिने ठाउँ भनेर घेर्मुलाई चिनिन्छ ।

चिसो ठाउँ भएकाले र प्रशस्त पानीको सुविधा भएकाले धान रोपाइँ सुरु गरेको स्थानीय विमला गुरुङले बताउनुभयो । उहाँका अनुसार एकसाताबाट धमाधम धान रोपाइँ कार्य भइरहेको छ । आफ्नै खेतमा पनि धमाधम रोपाइँ भइरहेको बताउनभुयो । जेठ १७ गतेबाट रोपाइँ थालिएको बताउनुभयो । 

स्थानीयले घेर्मुफाँटमा एक्ले, जौधान, मार्सी, झिनुवा जातको धान लगाउने गरेका छन् । गाउँमा सिंचाईको राम्रो सुविधा भएको र चिसो ठाउँ भएकाले रोपाइँ छिट्टै थालिएको स्थानीयले बताएका छन् । जेठ २४-२५ गतेबाट फाँटमा धान रोपाइँ सुरु गर्ने गरेका छन् । गहुँ, जौ, आलु, फापर खेती गरिएका खेतमा र बाँझा खेतमा धान रोप्ने तयारी छ । जेठ अन्तिम साताबाट धमाधम रोपाई हुने बताउनुभयो । 

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।