पाँच वर्षमै फेरियो गाउँको मुहार एउटा गाउँमा आठवटा सडक
पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन् ।
रातको समयमा पृथ्वीराजमार्ग बन्द
रातको समयमा पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्ड बन्द गरिएको छ।
राजमार्ग अवरुद्ध भएपछि उपचारको लागि हेलिकप्टर प्रयोग
जमिन भासिएर पृथ्वीराजमार्ग अवरुद्ध भएपछि एक बिरामीलाई हेलिकप्टरको प्रयोग गरेर उपचारको लागि काठमाडौंमा लगिएको छ।
विद्युत महशुल बुझाउन पनि रिचार्ज कार्ड
बैशाख अन्तिम साता बागलुङको ताराखोला पुग्नुभएका बागलुङ बजार निवासी सज्जनकुमार सिंह आफन्तको घरमा बास बस्नुभयो । रातको आठ बजेतिर घरमा झ्याप्प विजुली गयो । उहाँले ठान्नुभयो विद्युत प्रसारणमा केही समस्या भए होला । छरछिमेकीको घरमा झलमल उज्यालो थियो ।
सडक भासिएर मृत्यु भएका दुवै जनाको सनाखत
पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी मुग्लिन खण्डमा सडक भाँसिएको स्थानमा सवारी खसेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ।
अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आयो
सडक भासिँदा अबरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी– मुग्लिन सडक खण्डमा शुक्रबार दिउँसोबाट एकतर्फी साना सावारी साधन सञ्चालनमा ल्याइएका छन् ।
सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट आज काठमाडौं लगिएको हो ।
गुल्मीमा जेसिबी पल्टिदा चालकको मृत्यु
गुल्मीमा जेसिबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छातर्फ आउँदै गरेको लु१क ४७७१ नम्बरको जेसिबी सडकदेखि करिब पाँच सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।