• १९ असार २०८१, बुधबार

राजमार्ग अवरुद्ध भएपछि उपचारको लागि हेलिकप्टर प्रयोग

blog

अमरराज नहर्की

तनहुँ, जेठ २७ गते। जमिन भासिएर पृथ्वीराजमार्ग अवरुद्ध भएपछि एक बिरामीलाई हेलिकप्टरको प्रयोग गरेर उपचारको लागि काठमाडौंमा लगिएको छ। गोरखाको बारपाकका ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट शुक्रबार काठमाडौं लगिएको हो। 

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावर हाउस नजिक शुक्रबार बिहान ४ बजे सडक भासिएपछि राजमार्ग अवरुद्ध भएपछि उच्च रक्तचापका बिरामी गुरुङको  उपचारको लागि काठमाडौं लगिएको हो। 

उपचार छिटो गर्नुपर्ने भएकोले भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडौं लगिएको परिवारले जनाएको छ। 

सडक भासिदा अवरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन खण्डमा  शुक्रबार दिउँसोबाट एकतर्फी साना सावारी साधन सञ्चालनमा ल्याइएको छ। सडक विभाग यान्त्रिक कार्यालय डुम्रे, तनहुँको डोजरको सहायतामा सडक माथिको पहिरो काटेर, मोटरसाइकल, कार र माइक्रोबस जस्ता साना सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले जानकारी दिनुभयो। 

तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका-४ मस्र्याङ्दी जलविद्युत केन्द्रको ड्याम साइड नजिक राजमार्ग भासिएपछि सडक अवरुद्ध छ।