सिक्लेस गाउँ
कास्की, माघ ३ गते । कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातिको बाहुल्य रहेको सिक्लेसमा छ सयभन्दा बढी घरधुरी छन् । तस्बिर ः रासस
अल्लोको कपडा बुन्दै
म्याग्दी, माघ ३ गते । म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ वर्षीया कुमारी घर्ती । मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सिपलाई समेत महोत्सव स्थलमा प्रदर्शनीमा राखेको छ । तस्बिर ः रासस
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार दिउँसो हुँदै छ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा आउँदै हुनुहुन्छ ।
पहाडी सडकको बिजोग
पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले धौवादी सडक निर्माण सुरु भएको ३७ वर्ष पुग्यो तर अहिलेसम्म स्तरोन्नति हुने कुनै छाँटकाँट नै देखिँदैन ।
बिहान सवारी चलाउनै कठिन
घाममाथि आइसक्ने बेलासम्म पनि तराईमा उज्यालो देखिँदैन ।
नगर अस्पताल सञ्चालन
नवलपरासीपूर्वको गैँडाकोट नगरपालिकामा पहिलो नगर अस्पताल सञ्चालनमा ल्याइएको छ ।
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् ।
संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’
म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ ।
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ ।
प्रशासन कार्यालय मुस्ताङमा आगालागि हुँदा हवलदार घाइते
हिमालपारिको जिल्ला मुस्ताङको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगालागि हुँदा एक जना प्रहरी हवलदार घाइते हुनुभएको छ ।
महोत्सवले गर्दैछ कला संस्कृतिको प्रवर्धन (फोटो फिचर)
हिमाली जिल्ला म्याग्दीको बेनीमा पुस २८ देखि सुरुभएको म्याग्दी महोत्सवले स्थानीय कला संस्कृतिको सम्बर्धनमा सहयोग गरेको छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सव उद्योग ब्यापार र कलाको विकास गरौं, संस्कृति संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौं भन्ने मूल नारासाथ सुरु भएको हो ।
खाडलका कारण दुर्घटना जोखिम
गोरखा सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुला खाडलका कारण दुर्घटना जोखिम बढ्दै गएको छ । लामो समयदेखि मुख्य सडकमा ठुला खाडल हुँदा पनि मर्मतका लागि समबन्धित निकायले ध्यान नदिँदा दुर्घटना जोखिम बढ्दै गएको हो ।
पर्यटकका लागि कालीगण्डकीमा जलयात्रा
म्याग्दी र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकका लागि लक्षित गरेर कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको छ । बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा कालिगण्डकीमा जलयात्रा सुरु भएको हो ।
गण्डकीमा धान उत्पादन ३.२२ प्रतिशतले घट्यो
गण्डकी प्रदेशमा धान खेतीको उत्पादन घटेको छ । प्रदेशमा चालु वर्ष २०८१-०८२ मा ३.२२ प्रतिशतले धान उत्पादन घटेको हो।
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् ।
कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ ।
बन्दीपुर भ्रमण वर्षको प्रचार गर्न गोरु जुधाई प्रतियोगिता
बन्दीपुर भ्रमण वर्ष–२०२५ को प्रचार/प्रसार गर्न गोरु जुझाई प्रतियोगिता गरिएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा प्रतियोगिता गरिएको हो ।
गाउँ भित्रिनेभन्दा बाहिरिने बढी
हिमाली जिल्ला म्याग्दीका स्थानीय तहमा करिब चार सय व्यक्ति जिल्ला भित्रिँदा एक हजार तीन सयभन्दा बढी व्यक्ति जिल्लाबाट बाहिरिएका छन् ।
छ महिनामा छ वटा मुद्दा
मनाङ जिल्ला अदालतमा वर्षभरिमा छ थान मुद्दा परेको छ । गण्डकी प्रदेशका अन्य जिल्ला अदालतको तुलनामा सबैभन्दा कम मुद्दा पर्नेमा जिल्ला अदालत मनाङ पर्दछ ।
पाताले छाँगोमा ताला, पर्यटक निराश
पर्यटन राजधानी पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिज फलको गेट अहिले बन्द छ । छाँगोको सञ्चालनबारे विवाद भएपछि पोखरा महानगरपालिकाले मङ्गलबार यसलाई शिलबन्दी गरेको हो ।
तराईमा बिहान सवारी चलाउन असहज (फोटो फिचर)
घाम माथि आइसक्ने बेला भयो । तर बाहिर हेर्दा अझै उज्यालो देखिदैन । हुस्सु यति बाक्लो लागेको छ कि १० मिटर अगाडिको बस्तु देख्न पनि हम्मेहम्मे पर्छ । यसले सबैभन्दा बढी समस्या बिहानको समयमा सवारी साधन चलाउनेहरुलाई परेको छ ।
पर्वतमा ३० करोडको सुन्तला उत्पादन हुने आँकलन
पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् ।
लमजुङमा बढ्यो धान उत्पादन
लमजुङमा यसवर्ष धान उत्पादन बढेको छ । अनुकुल मौसम, उन्नत जातको धानको विउ प्रयोगलगायतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हुन् ।