रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ ।
देवघाटधाममा महोत्सव
नवलपुरको सङ्गमस्थल देवघाटधाममा एकमहिने महोत्सव सुरु भएको छ । सो ठाउँमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि आर्थिक सङ्कलन गर्न महोत्सव सुरु भएको हो ।
दुम्सीमा कृषि उपज सङ्कलन केन्द्र स्थापना
तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।
'सुन सरी सुन्तला...'
कृषकले केही समय पहिलासम्म आफूले खान, आफन्तलाई कोसेलीको रुपमा पठाउन घर वरिपरि शौख तथा सौन्दर्यताको लागि हुर्काउने सुन्तलाको बोट अहिले व्यावसायिक बनाएका छन् ।
किसानको आकर्षण कुरिलो खेती
नवलपुरका किसान व्यावसायिक रूपमा कुरिलो खेतीतर्फ आर्कषित हुन थालेका छन् ।
ढुम्बा ताल र नागथान
मुस्ताङ, माघ १ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र तालमा रहेको नागथानु । नागथानलाई स्थानीय भाषामा लुु भनिन्छ । यहाँ प्रत्येक तीन वर्षमा विशेष पूजापाठ गरिन्छ । तस्बिरः रासस
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
पशुपक्षी अस्पताल भवन निर्माण अलपत्र
निर्माण कम्पनीको लापरबाहीले गर्दा तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको परिसरमा बन्दै गरेकाे नमुना पशुपंक्षी अस्पतालको भवन अलपत्र परेको छ ।
सुत्केरीलाई ६ महिनासम्म मासिक चार हजार
गोरखाको गण्डकी गाउँपालिकाले बालबच्चालाई कुपोषणबाट जोगाउन सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार रुपियाँ दिने भएको छ ।
म्याग्दी महोत्सवको आकर्षण स्थानीय उत्पादन
धवलागिरी गाउँपालिका ७ ताकमका अनिल भण्डारीले स्थानीय उत्पादन लिएर म्याग्दी महोत्सवमा आउनुभएको छ । उहाँले धवलागिरी गाउँपालिका भित्र उत्पादन हुने कोदोको पिठो, कोदोको बिस्कुट, सिस्नोको धुलो, कागती, सिन्की, रातो च्याउ, बेसार, भागोलगायत स्थानीय उत्पादनलाई स्टलमा राख्नुभएको छ ।
मनाङमा यसवर्षकाे पहिलो हिमपात
हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।
देवघाटमा महाउत्सव हुने
तनहुँको देवघाट गाउँपालिका–५ देवघाटमा एक महिने महाउत्सव हुने भएको छ ।
सिक्लेसमा ठेलो हान्ने मेला
कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ ।
मुस्ताङबाट देखिएको आकाश
मुस्ताङ, पुस २९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीय स्थल । सेल्फी पार्कबाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ ।
ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् ।
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ ।
अझै स्तरोन्नति भएन सहीद मार्ग
सहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।
बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ ।
‘सङ्गीत, संस्कृति र प्रकृति’ ले परिचित बेनी बजार
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ ।
हिउँ पर्न थालेपछि खुसी हुन्छन् मनाङी कृषक
ढुम्म बादलको घेरा अनिचारैतिर अँध्यारो । अँध्यारोसँगै चिसो मौसम, यसैबिच माथिल्लो मनाङमा हिउँ पर्न सुरु भएको छ । विगतका वर्षहरुमा मंसिरदेखि हिउँ पर्न सुरु हुने भए पनि यसपाली पुसको अन्तिममा हिउँ परेको हो । यो यस सिजनको पहिलो हिउँ हो ।
बाँकेमा ट्याक्टर दुर्घटना एकजनाको मृत्यु
बाँकेको जानकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शाश्वतधाममा भक्तजनकाे भिड
नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको आकर्षण बढ्दै गएको छ ।
पूर्व प्रधानमन्त्री देउवाद्वारा म्याग्दी महोत्सव उद्घाटन
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभएको छ। बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको सभापति देउवाले उद्घाटन गर्नुभएको हो।