‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न तीन हजार पशुलाई खोप
तनहुँका सबै पालिकाहरुमा गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग महामारीलाई नियन्त्रण लिन पशु स्वास्थकर्मीहरुलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो ।
बेनी–जोमसोम सडक अवरुद्ध
बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी कोरिडोर सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
बोराभित्र मृत भेटिएकी महिलाको सनाखत
तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
गर्मी छल्न पोखरामा भारतीय पर्यटक
अहिले पोखराको तापक्रमले ३६ डिग्री सेल्सियसको रेकर्ड बनाएको छ। सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो। ४४ वर्षपछि शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुग्यो। पोखरेलीलाई गर्मीले हैरानी बनाउँदा भारतीय पर्यटकका लागि भने गर्मी छल्ने गतिलो गन्तव्य बनेको छ।
प्लाष्टिकको बोरामा महिलाको शव भेटियो
तनहुँमा प्लाष्टिकको बोराभित्र मङ्गलबार दिउँसो महिलाको शव फेला परेको छ।
स्याङ्जामा फैलियो ठेउलाको सङ्क्रमण
पहिलो पटक वालिङमा देखिएको ठेउला जिल्लाका वालिङ, पुतलीबजार, कालीगण्डकी, चापाकोट लगायतका पालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालमा समेत ठेउलाका ६ विरामी उपचारका क्रममा रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।
विकासले रोक्यो झिम्पा गाउँको बसाइसराइ
घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ ।
पुतली बजारमा अनलाइन कर भुक्तानी सेवा सुरु
पुतली बजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले अनलाइन कर भुक्तानी सेवा प्रारम्भ गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।
पानी पार्न नवलपुरमा इन्द्रको पूजापाठ
पूर्वी नवलपरासीमा दैनिक जसो इन्द्र पूजा, भ्यागुता पूजा, माई पूजा लगायतका पूजा गर्दै पानी माग्न थालिएको छ । लामो समयसम्म पानी नपरेपछि पानी पार्न भन्दै कावासोती -९ को समावेशी चोक र बगैँचा चोकको बीचमा सामूहिक पूजापाठ गरिएको छ ।
सिलाइ पेसामा दक्ष जनशक्ति टिकाउनै मुस्किल
जिल्लामा सञ्चालनमा रहेका कपडा सिलाइ बुनाइको व्यवसायमा स्थानीय दक्ष जनशक्ति नहुँदा व्यवसायीहरूले समस्या भोग्नुपरेको गुनासो राख्नुभएको छ ।
मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो ।
सुत्केरीलाई र गर्भवतीलाई पौष्टिक आहार
गर्भवती, सुत्केरी र दुई वर्षभित्रका बालबालिकालाई हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिकाले पौष्टिक आहार वितरण गर्ने गरेको छ ।
काभ्रे र फगाम क्षेत्रको स्थलगत निरीक्षण
मनसुनजन्य विपद्को दृष्टिकोणले अत्यन्तै जोखिम मानिने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रे र फगाम क्षेत्रको प्राविधिकद्वारा स्थलगत निरीक्षण गरिएको छ ।
झोलुङ्गे पुलले फेरियो दैनिकी
पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ ।
वासस्थानमै छोडियो हुचिल
डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक वासस्थानमा लगेर छाडेको छ ।
सडकमा थुप्रियो फोहोर
सुन्दर नगरी पोखरामा अहिले ठाउँठाउँमा फोहोरको थुप्रो भेटिन थालेको छ। पोखरा महानगरपालिका सडकमा शुव्रmबारदेखि फोहोर उठेको छैन। महानगरले ल्यान्डफिल साइटमा फोहोर पुर्नका लागि भाडामा लिएको एक्साभेटरलाई इन्धन भर्न पैसा उपलब्ध नभएपछि फोहोर सडकमै रहेको सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताउनुभयो।
श्रीमान् छुटेपछि कविताको मुहारमा खुसी
करिब दुई वर्ष आँखा आँसुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा खुसी छाएको छ। आफ्नै बलात्कारको अभियोगमा श्रीमान् विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलाले १२ वर्ष जेल परेपछि कविताका दिन दुःखमा बित्न थालेका थिए। कविता न्याय खोज्दै उच्च अदालतमा पुगेपछि भएको फैसलाले उहाँको मुहारमा खुसी ल्याएको हो।
मृत अवस्थामा चितुवा फेला
स्याङजाको गल्याङ नगरपालिका वडा –१ मालुङ्गामा एक चितुवा मृत अवस्थामा फेला परेको छ । टुनिबोटदेखि चौर जाने कच्ची बाटो छेउमा स्थानीयले मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रुखबाट लडेर एकको मृत्यु
तनहुँमा रुखबाट लडेर घाइते एक वृद्धको आज मृत्युभएको छ ।
कावासोती नगरपालिकाको ताला खुल्यो
कक्षा ५ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने सहमतिपछि कावासोती नगरपालिकामा लगाइएको ताला खुलेको छ । विभिन्न शैक्षिक माग राख्दै नेपाल विद्यार्थी सङ्घ कावासोतीले कावासोती नगरपालिकामा १० दिनदेखि ताला लगाइएको थियो ।
लम्पी स्किन राेग नियन्त्रण गर्न खाेप
स्याङ्जाको वालिङमा पशुहरूमा लम्पी स्किन देखिन थालेपछि भ्याक्सिन लगाउन सुरु गरिएको छ । देशका विभिन्न जिल्लाहरूमा फैलिएको लम्पी स्किन वालिङमा समेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरूमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भइरहेको छ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी
बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्कनुभएको छ । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ ।
बीमाको रकम नपाएपछि तनहुँमा किसान आन्दोलित
क्षति पुगेको बीमा रकम नपाएपछि तनहुँका पीडित किसान आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गर्दै बीमा क्षतिको रकम उपलब्ध गराउने व्यवस्था मिलाइ दिन माग राखेका छन् ।