क्यान्सरपीडित बालकलाई उपचार खर्च सहयोग
रुपन्देहीको सैनामैना नगरपालिका १० झिमझिमियाका चेतबहादुर सारुले क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । सारुले पीडित बालकलाई २५ हजार ६ सय २५ रुपियाँ उपचार खर्च सहयोग गर्नुभएको हो ।
सवल आर्थिक केन्द्र समुन्नत बुटवल
बुटवल उपमहानगरपालिकाले आगामी वर्षका लागि नगरको नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार बसेको नगरसभामा नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्ष २०७९–८० का लागि नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गर्ने तीन जना पक्राउ
औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामाग्रीको गोदाम गरेर नयाँ मूल्य राखी विक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
भृकुटी कागज कारखाना : स्थानान्तरणको माग
चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा ४२ वर्षअघि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको करिब १२ बर्ष हुुनलाग्दा पनि सञ्चालनमा आउन नसक्दा कारखाना खण्डहर बन्दैगएको छ ।
ओलम्पिक दिवसमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलाडीलाई सम्मान
नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसन लुम्बिनी प्रदेश कमिटीले ओलम्पिक दिवसको अवसरमा बुधबार नेपालगञ्जमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको छ ।
पर्यटकीय गन्तव्य बन्दै पाल्पा भैरवस्थान
शक्तिपीठ मात्र होइन तानसेनको भैरवस्थान अहिले आन्तरिक र बाह्य पर्यटकको राम्रो गन्तब्य बनेको छ ।
अवैध रुपमा कब्जा गरिएका सडकपेटी खाली गराउन सुरु
नेपालगञ्ज उपमहानगरभित्रका विभिन्न सडक पेटी अवैध रुपमा कब्जा गरेर पसल लगाउने, व्यवसाय गर्ने तथा सवारी साधन उभ्याउनेविरुद्ध कडाई सुरु गरिएको छ ।
गुल्मीका स्थानीय तह सुझाव संकलन गर्दै
गुल्मीका स्थानीय तहहरु यतिबेला नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव संकलनमा जुटेका छन् ।
कोभिडपछि तेस्रो बर्ष मानसरोवर यात्रा प्रभावित
नेपालगञ्जका होटलहरुमा दुईवर्ष अघिसम्म यतिबेला भारतीय पर्यटकको भीडभाड हुन्थ्यो । होटलमा कोठा पाउन मुश्किल थियो । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका हुन्थे । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ हुन्थे ।