• ४ माघ २०८१, शुक्रबार

मधेसमा आज सार्वजनिक बिदा

blog

जनकपुरधामस्थित जानकी मन्दिर । तस्बिर : गोरखापत्र

विजयकुमार साह

ढल्केबर, जेठ ४ गते । जनकपुरधाममा आज जानकीनवमी मनाइँदै छ । माता जानकी सीताको जन्म दिनको स्मरणमा जानकीनवमी मनाइँदै छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकीनवमीको रूपमा मनाउने गरिन्छ ।

जानकीको जन्मदिनको अवसरमा जानकी मन्दिरलगायत मठमन्दिरमा पूजा अर्चना भजन कीर्तन गरिँदै छ । आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको भिड लागेको छ ।

जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरू जनकपुर पुगेका छन् । जानकी नवमीको अवसरमा मधेस सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।