पहिरोले प्यूठानका अधिकांश सडक अवरुद्ध
प्यूठान भालुबाङ सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्व भएको हो। प्यूठान भालुबाङ सडकखण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
डुबानले नरैनापुरका पाँच हजार बढी स्थानीय प्रभावित
तीन दिनदेखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । सो पालिकाका करिब पाँच हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
आर्यभन्ज्याङ–रामपुर सडक दुई दिनदेखि अवरुद्ध
अविरल वर्षाले सडकमा पहिरो खसेपछि जिल्लाका मुख्य राजमार्ग र सहायक मार्गहरू अबरुद्ध बनेका छन् । जिल्लाको सहायक राजमार्गको रुपमा रहेको आर्यभाङ्ज्याङ्–रामपुर सडकखण्ड दुई दिनदेखि अबरुद्ध बनेको छ ।
अविरल वर्षाका कारण वालिङका पाँच घर जोखिममा
अविरल वर्षासँगै पहिरो जाँदा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारी ठुलाखेतका पाँच घर जोखिममा परेका छन् । अविरल वर्षासँगै पहिरो जाँदा बायँटारीका ती पाँच घर अगाडि पहिरो गएको छ ।
विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो ।
हातहतियार बुझाउन रुपन्देही प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न सम्बद्ध पक्षलाई निर्देशन दिएको हो ।
नारायणीको बाढी सुस्तातर्फको बाँध भत्काएर वस्ती पस्यो
तीन दिनदेखि लगातार परेको वर्षाका कारण नारायणी नदीको बाढी नवलपरासीको सुस्तामा बाँध भत्काएर गाउँमा पसेको छ । बाढी गाउँ पसेपछि सुस्तामा त्रास फैलिएको छ ।
पहिरोका कारण १४ घरधुरीका ५७ जना विस्थापित
जिल्लामा पहिरोको उच्च जोखिमका कारण १४ घरका ५७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल परेको वर्षाका कारण घरहरू जोखिममा परेपछि प्रहरीले नजिकका स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा उहाँहरुलाई सारिएको हो ।
खोलाले बगाउँदा एकको मृत्यु
पाल्पाको रिब्दीकोट –६, ठिमुरेस्थित मन्दीखोलाले बगाएर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट –५, नयाँटोला बस्ने पाँच वर्षकी प्रिन्सु पचभैँया रहनुभएको छ ।
बाढी र डुबान क्षेत्रको मन्त्री राईद्वारा निरीक्षण
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिायाक राईले बाँकेका केही बाढी र डुबान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण जिल्लाको डुडुवा गाउँपालिकाका केही गाउँमा राप्ती नदीको बाढी पसेको र केही ठाउँमा डुडुवा खोलाले डुबान गरेकोले मन्त्री राईले निरीक्षण गरेर अवस्था बुझ्नु भएको हो ।
बाँकेको नरैनापुर आसपास क्षेत्र जलमग्न, जनजीवन प्रभावित
बुधबारदेखिको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी नरैनापुरको १ बनिया गाँउ, वडा ४ को घोडदौरिया, वडा ५ को जमुनहा, वडा ६ को दोँदरा क्षेत्रमा रहेका घरमा पानी पसेपछि जनजीवन प्रभावित बनेको छ । सो क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।
लगातार वर्षापछि आएको पहिरोले घर पुरियो, पशुचौपाया मरे
लगातारको वर्षाका कारण आएको पहिरोले रूकुम पश्चिममा एक घर पुरिएको छ । घरका पशुचौपाया मरेका छन् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –६ बाँठाकोटमा पहिरो आउँदा स्थानीय पदमबहादुर घर्तीको घर पुरिएको हो । लगातारको वर्षापछि आएको पहिरोले बुधबार राति घर्तीको दुई तले घर पुरिएर क्षति पुगेको प्रहरीले जनाएको छ ।
राप्तीको बाढी गाउँमा पस्यो, स्थानीयहरुले विद्यालयमा शरण लिए
दुई दिनदेखि अविरल परिरहेको वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढी डुडुवाका केही गाउँमा पसेर स्थानीय बिस्थापित भएका छन् । राप्ती नदीमा बुधबार दिउँसोदेखि पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि बाढी गाउँमा पसेको हो ।
पानीको सतह बढेपछि गण्डक नहरका सबै ढोका खुल्ला
दुई दिनदेखि परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै (सबै) ढोका खोलिएका छन् । नारायणी नदीमा जलको बहावका कारण जोखिम बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको गण्डक योजना कार्यालयका भुआर्जन अधिकृत अमित खड्काले बताउनुभयो ।
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु,एक बेपत्ता
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । मामाघरमा रहेका छोराछोरीलाई लिन ससुरालीमा जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको हो ।
टीका थाप्न माइत हिँडेकी महिलालाई खोलाले बगायो
गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीया महिलालाई खोलाले बगाएर उहाँको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –५ की ४१ वर्षीया लक्ष्मी कुँवरलाई खोलाले बगाउँदा उहाँको ज्यान गएको हो ।
हतियार बुझाउन गुल्मी प्रशासनको आग्रह
आगामी मंसिर ४ गते हुने प्रतनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।
सडक बनाउन घर–टहरा हटाइयो, सडक बनेन
दुई वर्षअघि सिद्धार्थ राजमार्ग छेउमा बनाइएका अबैध संरचना हटाइयो । सडक बिस्तार गर्ने भन्दै सडक छेउमा बनेका घर टहरा डोजर र लोडर लगाएर हटाइयो थियो । तर दुई वर्षपछि पनि सडक बिस्तारको काम हुन नसक्दा स्थानीय आक्रोशित भएका छन् ।
छाडा पशु चौपाया व्यवस्थापन चुनौती बन्दै
नेपालगञ्ज बजारमा छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि ठूलो चुनौती बन्दैगएका छन् । ती छाडा पशु चौपायाको व्यवस्थापन गर्न उपमहानगरलाई हम्मे परेको छ ।
पिङको रमाइलोले बालबालिकामा थपियो उत्साह (फोटो फिचर)
यो वर्ष पाल्पाको विभिन्न स्थानमा राखिएको लिङ्गे पिङ्ले दशैं पर्वमा रौनकता थपेको छ । स्थानीय बासिन्दाको पहलमा विभिन्न स्थानमा राखिएका पिङले साना बालबालिकादेखि बृद्धलाई मनोरञ्जन दिइरहेको छ ।
वैदेशिक रोजगारीमा रहेका युवाको सहयोगमा सडक बत्ती जडान
वैदेशिक रोजगारीमा रहेका युवाको सहयोगमा रामपुर बजारमा सडक बत्ती जडान गरिएको छ । रामपुर ३ जाल्पेमा जनज्योति युवा क्लबको पहलमा वैदेशिक रोजगारीमा रहेका युवाबाट सङ्कलित रकमबाट सडक बत्ती जडान गरिएको हो ।
खसी भन्दै बाख्रीको मासु बेच्दै व्यापारी, ६ बाख्रा नियन्त्रणमा
नेपालगञ्जका मासु व्यावसायीले चाडपर्वको बेला खसी भनेर बाख्राको मासु बिक्री गर्नेगरेको पाइएको छ । स्थानीय रामलिला मैदान नजिकै रहेको मासु मण्डीका व्यापारीले काट्नका लागि लुकाएर राखेका ६ वटा बाख्रा फेला परेपछि सो रहस्य खुलेको हो ।
भाइरल ज्वरोले बालबालिका र बृद्धबृद्धा प्रभावित
मौसममा भइरहेको परिवर्तनका कारण अहिले बाँकेमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका विरामीको संख्या बढ्दैगएको छ । असोज शुरुदेखि कहिले अत्यधिक गर्मी र कहिले सामान्य मौसम परिवर्तन हुँदा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पञ्चबलीका लागि मन्दिर गएको जिप दुर्घटना, चार घाइते
पाल्पाको रैनादेवी छहरा –३, भुवनपोखरीमा लु १ ज २५८३ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का वडाअध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो ।