• ११ मंसिर २०८१, मङ्गलबार

टीका थाप्न माइत हिँडेकी महिलालाई खोलाले बगायो

blog

फाइल तस्बिर

तिलाचन पाण्डे

तम्घास, असोज १९ गते ।  गुल्मीमा टीका थाप्न माइत हिँडेकी ४१ वर्षीया महिलालाई  खोलाले बगाएर उहाँको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –५ की ४१ वर्षीया लक्ष्मी कुँवरलाई खोलाले बगाउँदा उहाँको ज्यान गएको हो ।

सो पालिकाको वडा नम्बर २ को पीपलधारामा टीका थाप्न माइत जाने क्रममा अदौरी खोलाले बगाएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शवको स्थलगत मुचुल्का तयार गरी तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो । 

निरन्तर पानी परेकाले बीच–बीचमा सडकहरू अवरुद्ध भएको बताउँदै यादबले शवलाई आज तम्घास ल्याउन नसके भोलि बिहीबार बिहान तम्घास ल्याई पोष्टमार्टम गरिने र आफन्तको जिम्मा लगाइने उहाँले जानकारी दिनुभयो ।