विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने
सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ ।
राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो
‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ। सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ।
बागमती प्रदेशको सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते
बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ।
बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेकाे छ । बुधबार अपराह्न साढे ४ बजेबाट सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश कांग्रेस दलको नेतामा शाह निर्वाचित
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ।
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
प्रधानमन्त्रीसँग युरोपेली सङ्घका राजदूत डिप्रेजको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज (बुधबार) शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सरकारमा सहभागी हुन हतार छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतारो नभएको बताउनुभएको छ। पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँको प्रष्ट पार्नुभएको हो।
लुम्बिनी प्रदेश सभा सदस्य सिजल माओवादी केन्द्रमा प्रवेश
लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । उहाँलाई सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः पार्टीमा प्रवेश गराउनुभएको हो ।
२७ गतेभित्र सुदूरपश्चिम सरकार गठनको आह्वान
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाका अनुसार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पुस २५ गते सोमबार बस्ने प्रतिनिधिसभाको बैठकलाई दृष्टिगत गर्दै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
दलको नेता चयन गर्न कांग्रेसले आज निर्वाचन गर्दै
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि आज निर्वाचन गरिदैंछ । सर्वसम्मतले दलको नेता चयन गर्न नसकिएपछि चुनाव हुन लागेको सो दलले जनाएको छ ।
निर्वाचनका लागि गठित कांग्रेस उपसमितिद्वारा प्रतिवेदन पेस
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठित विभिन्न उपसमितिहरूको बैठक नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ ।
मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन
मधेश प्रदेश सभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो ।
नतिजामुखी काममा जुट्नुहोस्
१. म प्रमुख कार्यकारीको भूमिकामा तेस्रो पटक र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो पटक तपाईंहरूसमक्ष उपस्थित भएको छु । मलाई यसअघि प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा निजामती प्रशासन र सरकारी संयन्त्रबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु र यस पटक पनि तपाईंहरूबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
काठमाडौं, पुस १९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग अध्यक्ष तिमिल्सिनाले भेटवार्ता गर्नुभएको हो। भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र एक सदस्यको चुनावको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। यसका अतिरिक्त भेटवार्तामा कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन र राष्ट्रिय सभाबाट पारित पाँच वटा विधेयकका सम्बन्धमा छलफल भएको छ। राष्ट्रिय सभामा उत्पति भइ लामो छलफलपछि पारित भएर प्रतिनिधि सभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए। निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीती अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधयेक रहेका छन्। त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभएको थियो। कोरला नाकामा चीनतर्फ आवश्यक पूर्वाधार निर्माण भए पनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन।
सत्ता सहकार्यका लागि जसपाले बनायो वार्ता समिति
जनता समाजवादी पार्टीले विभिन्न दल तथा संगठनसँग एकता, सहकार्यका लागि राजकुमार श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको छ।
बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश
बिहान ६ बजेको चिसो तुसारो। जाडोले थरथर कमाउने शरीर। साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही। अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ। त्यही सडकमा सेवाग्राहीको लर्को।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
दलको नेताका लागि कांग्रेसमा सातजनाको दाबी
नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताका लागि सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ । सो पार्टीको मंगलबार बसेको प्रदेश समितिको बैठकमा सात जनाले दावेदारी प्रस्तुत गर्नुभएको हो ।
नयाँ सरकारले दिगो विकासमा ध्यान दिनुपर्छ : वामदेव गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गर्दै दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
राष्ट्रपति भण्डारीसमक्ष श्रीलङ्काका राजदूतको बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गर्नुभएको छ।