• १३ साउन २०८१, आइतबार

अब प्रदेश सरकार झनै बलियो हुन्छ : अध्यक्ष यादव

blog

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । फाइल तस्बिर

काठमाडौं, फागुन १३ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताउनुभएको छ।

शनिबार जनकपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो। उहाँले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब अघि बढ्ने बताउनुभयो। 

उहाँले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘कांग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ। प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, स्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरू प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्छ।’’

अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गर्नुभयो।